८ भाद्र २०८३, सोमबार
,
Latest
स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु गरिमा हत्या प्रकरण दोषीलाई कठोर सजायको माग गर्दै माइतीघरमा प्रदर्शन प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल महिला उद्यमशीलतालाई आर्थिक रूपान्तरणको आधार बनाउने कांग्रेसको प्रयास उदयपुर र चितवनबाट तीन सय ६७ किलो गाँजासहित तीन जना पक्राउ जेन–जीका माग सम्बोधन गर्न सरकारले ‘डेडिकेटेड टिम’ बनाउने बेलायतले मिसाइल उत्पादनबारे युक्रेनलाई जानकारी दिएको क्रेमलिनको दावी टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित मेरिकी सांगीतिक दूत जेसिका लीन काठमाडौंमा, नेपाली संगीतकर्मीसँग व्यावसायिक आदानप्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिमण्डल विस्तारको तयारी



अ+ अ-

काठमाडौं । सरकारका गठन भएको साढे दुई महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तार गर्ने गृहकार्य अगाडि बढाएका छन् । सत्ता गठबन्धनका दलहरूको आग्रहमा सोमबार राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएसँगै प्रधानमन्त्री देउवाले मन्त्रिमण्डललाई पूर्णता दिन लागेका हुन् ।

सत्ता गठबन्धनमा रहेका चार दलबीच कांग्रेसले सात मन्त्रालय र माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले ६÷६ मन्त्रालय लिने विषयमा समझदारी बनेको भए तापनि कुन–कुन मन्त्रालय कुन दलले पाउने भन्नै अझै टुंगो लागिसकेको छैन । 

गृह, अर्थ, ऊर्जा, न्याय, कानुन तथा संसदीय मामिला, परराष्ट्र र स्वास्थ्य राज्यमन्त्री नियुक्त गरिसकेका प्रधानमन्त्री देउवाले थप १६ मन्त्री नियुक्त गर्नेछन् । सत्ता साझेदार दल नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले सरकारमा सहभागी हुने ६ जना मन्त्रीहरूको नाम बुझाइसकेको बताइएको समाचार नेपाल समाचारपत्रमा दैनिकमा प्रकाशित छ ।