१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक हजार करोड कमाउने चौथो भारतीय फिल्म बन्यो केजीएफ–२



अ+ अ-

एजेन्सी । दक्षिण भारतीय फिल्म ‘केजिएफ–च्याप्टर २’ एक हजार करोड क्लबमा प्रवेश गर्न सफल भएको छ । साउथ स्टार यश अभिनित यो फिल्मले विश्वभरबाट एक हजार करोड भारतीय रूपैयाँ ग्रस कलेक्सन गरेको हो ।

यो फिल्म एक हजार करोड क्लबमा प्रवेश गर्ने भारतकै चौथो फिल्म बनेको छ । यसअघि ‘दंगल’ ले दुई हजार २४ करोड, ‘बाहुबली २’ ले एक हजार ८१० करोड र ‘आरआरआर’ ले एक हजार ११५ करोडसम्मको व्यापार गरेको थियो ।

यीमध्ये तीन फिल्म दक्षिण भारतीय हुन् भने दंगल मात्रै बलिउड फिल्म रहेको छ ।

प्रशान्त नीलको निर्देशनमा बनेको केजीएफ–२ मा यशका अलावा। सन्जय दत्त, रविना टण्डन, श्रीनीदि शेट्टी, प्रकाश राज लगायत प्रमुख भूमिकामा छन् ।