८ भाद्र २०८३, सोमबार
,
Latest
स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु गरिमा हत्या प्रकरण दोषीलाई कठोर सजायको माग गर्दै माइतीघरमा प्रदर्शन प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल महिला उद्यमशीलतालाई आर्थिक रूपान्तरणको आधार बनाउने कांग्रेसको प्रयास उदयपुर र चितवनबाट तीन सय ६७ किलो गाँजासहित तीन जना पक्राउ जेन–जीका माग सम्बोधन गर्न सरकारले ‘डेडिकेटेड टिम’ बनाउने बेलायतले मिसाइल उत्पादनबारे युक्रेनलाई जानकारी दिएको क्रेमलिनको दावी टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित मेरिकी सांगीतिक दूत जेसिका लीन काठमाडौंमा, नेपाली संगीतकर्मीसँग व्यावसायिक आदानप्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेयर बजारका निर्णयक यी १० कम्पनी



अ+ अ-

काठमाडौं । स्टक एक्सचेन्जमा सूचीकृत १६५ कम्पनीहरूमध्ये प्रमुख १० कम्पनीहरूको मूल्य सूचकांकले बजरमा निर्णायक भूमिका खेल्ने गरेको छ । तिनै १० कम्पनीहरूका कारोबार मूल्यले नेप्से परिसूचक करिब ८० प्रतिशतसम्म प्रभावित हने गरेको छ ।

अन्य कम्पनीहरूको सेयर मूल्यमा कुनै घटबढ हुँदासमेत ती कम्पनीहरूको सेयर मूल्य घट्दा नेप्से स्वात्तै घट्ने गरेको छ र अलिकति मूल्य बढ्दा नेप्से परिसूचक पनि उल्लेख्य वृद्धि हुने गरेको देखिन्छ । यसरी बजारलाई आफ्नो वशमा राख्ने कम्पनीहरूमा नेपाल टेलिकम
अग्रस्थानमा छ ।

त्यसबाहेक अन्य सबै क वर्गका वाणिज्य बैंकहरू रहेका छन् जसमा स्टान्डर्ड चार्टर्ड, नबिल बैंक, अफ काठमाण्डू, एभरेस्ट, हिमालयन, इन्भेस्टमेन्ट, लक्ष्मी एसबीआई र एनआइसी रहेका छन् ।

गत बिहीवारको मूल्यअनुसार स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरूको बजार पुँजीकरण रू। ३ खर्ब ४३ अर्ब छ जसमा नेपाल टेलिकम एक्लैको हिस्सा करिब रू. ६० अर्ब अर्थात् करिब १४.२ प्रतिशत छ । १५ करोड कित्ता सेयर सूचीकृत रहेको टेलिकमको सेयर मूल्यमा रू. १० ले घट्दा समग्र नेप्से परिसूचक १ अंकले तल झर्छ ।

करिब डेढ वर्ष अगाडि १४८१ रुपैयाँसम्म पुगेको नेपाल टेलिकमको सेयर मूल्य अहिले घटेर ४ सय ६ रुपैयाँ छ । अर्थात् करिब डेढ वर्षको बीचमा १०७५ रुपैयाँले टेलिकमको सेयर मूल्य घटेको छ । बजार पूजी करणमा उसले ओगटेको हिस्साको आधारमा त्यसले नेप्से परिसूचक करिब १०७ अंकले घटाएको छ ।, यो समाचार आर्थिक अभियान दैनिकबाट साभार गरिएको हो ।