८ भाद्र २०८३, सोमबार
,
Latest
स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु गरिमा हत्या प्रकरण दोषीलाई कठोर सजायको माग गर्दै माइतीघरमा प्रदर्शन प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल महिला उद्यमशीलतालाई आर्थिक रूपान्तरणको आधार बनाउने कांग्रेसको प्रयास उदयपुर र चितवनबाट तीन सय ६७ किलो गाँजासहित तीन जना पक्राउ जेन–जीका माग सम्बोधन गर्न सरकारले ‘डेडिकेटेड टिम’ बनाउने बेलायतले मिसाइल उत्पादनबारे युक्रेनलाई जानकारी दिएको क्रेमलिनको दावी टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित मेरिकी सांगीतिक दूत जेसिका लीन काठमाडौंमा, नेपाली संगीतकर्मीसँग व्यावसायिक आदानप्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेश जानेले २ सय अमेरिकी डलरभन्दा बढी नगद नपाउने



अ+ अ-

काठमाडौं । चालु आर्थिक वर्षको सुरु महिनादेखि ह्वात्तै बढेको व्यापार घाटाका कारण विदेशी विनिमय सञ्चितिमा कमी आएपछि नेपाल राष्ट्र बैंकले घुम्नलगायतका अन्य काममा विदेश जानेलाई दुई सय अमेरिकी डलरभन्दा बढी नदिन कडाइ गरेको छ । हाल वैदेशिक रोजगारीमा जानेले प्रतिव्यक्ति दुई सय र पर्यटक तथा भिजिट भिसामा विदेश जानेले एक हजार पाँच सय अमेरिकी डलरको सटही सुविधा पाउँदै आएका छन् ।

केन्द्रीय बैंकका अधिकारीहरूले सबै वाणिज्य बैंक र वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतलाई विदेश जाँदा दिइने गरेको विदेशी मुद्रा सटही सुविधा दुई सय अमेरिकी डलरमा सीमित गर्न निर्देशन दिएको सम्बद्ध स्रोतले जानकारी दियो ।

चालु आर्थिक वर्षको पहिलो महिनादेखि व्यापार घाटा बढेको छ भने रेमिटेन्स आप्रवाह घटेको छ । व्यापार घाटा बढेका बेला रेमिटेन्स वृद्धि जारी रहेको भए अमेरिकी डलर सटहीमा कडाइ गर्नुपर्ने अवस्था आउँदैनथ्यो । यतिखेर विदेशी मुद्रा आर्जन गर्ने अर्को स्रोत पर्यटक पनि कोरोना महामारीका कारण नेपालमा आउन पाएका छैनन् ।, यो समाचार नागरिक दैनिकमा प्रकाशित छ ।