६ श्रावण २०८३, बुधबार
,
Latest
राष्ट्रिय स्वाधीनताको रक्षाका लागि परिवर्तन पक्षधर शक्तिबीच सहकार्य आवश्यक छ : संयोजक दाहाल दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेलको वारेन्टी सकियो, सञ्चालन अझै अनिश्चित



अ+ अ-

काठमाडौं । सरकारले १ वर्षअघि सञ्चालनका लागि भारतबाट खरिद गरेको रेलको ‘वारेन्टी’ सकिँदा समेत सञ्चालनमा आउन सकेको छैन ।

नेपाल रेल्वे कम्पनी लिमिटेडले भारतसँग खरिद गरेको २ सेट रेलको वारेन्टी सञ्चालनमा आउनुअगावै सकिएको छ । १ वर्षको वारेन्टी भएको रेल १ वर्षअघि भारतको कोंकण रेल्वे कार्पोरेसनसँग सरकारले ८४ करोड ६५ लाखमा खरिद गरेको थियो ।

नेपाल रेल्वे कम्पनीद्वारा खरिद गरेर २ सेट रेल २०७७ असोज २ गते नेपाल ल्याइएको थियो । जनकपुर ल्याई नेपाल रेल्वे कम्पनीलाई रेल सेट हस्तान्तरण गरिए पनि अहिलेसम्म सञ्चालन आउन सकेको छैन ।

ब्म्ख्भ्च्त्क्ष्क्भ्ःभ्ल्त्

खरिद गरेको १ वर्ष पूरा भएपछि सो रेलको इन्जिन र बोगीको ‘वारेन्टी’ असोज ३ गते नै सकिएको छ । रेललाई खुला आकाशमा पालले ढाकेर सशस्त्र प्रहरीको पहरा दिएर राखिएको छ । लामो समयसम्म राखिँदा रेललाई ढाकिएको पाल समेत च्यातिन थालेका छन् ।

अघिल्लै सरकारको पालादेखि सरकारी पक्षबाट रेल सञ्चालनको लागि पटक–पटक समय तोके पनि सञ्चालनको मिति जुर्न सकेको छैन । रेल सञ्चालनका लागि कानूनदेखि जनशक्ति लगायतका समस्या रहँदै आएको छ ।

यसअघि सरकारले रेल सञ्चालनका लागि अध्यादेश जारी गरे पनि अहिले रेल सञ्चालनको विषय कानूनविहीन अवस्था रहेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ३५ करोड रुपैयाँ वार्षिक तिर्ने गरी भारतीय कोंकण रेल्वेलाई सञ्चालनको जिम्मा दिएको थियो । सम्झौताअनुसार सरकारले रेल चलाइदिने कम्पनीलाई दैनिक करीब १० लाख रुपैयाँ बुझाउनुपर्नेछ । यस हिसाबले रेल सञ्चालनका लागि मात्रै वार्षिक १० करोडभन्दा बढी घाटा राज्यले व्यहार्नुपर्ने भएको छ ।

रेल सञ्चालनको जिम्मा पाएको कोंकण रेल्वेले ८ करोड भारतीय रुपैयाँ भुक्तानी मागिरहेको छ । आफूले पाउनुपर्ने अग्रिम २० प्रतिशत भुक्तानी नदिए ठेक्का सम्झौता रद्द गर्ने चेतावनी कम्पनीले दिएको छ ।

निवर्तमान भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले जेठ १९ गते नै रेल सञ्चालनका लागि सबै तयारी पूरा भएकाले निषेधाज्ञा खुलेपछि जयनगर–जनकपुर खण्डमा रेल सञ्चालन हुने बताएका थिए तर अहिले सरकारी पक्षबाट रेल सञ्चालनका लागि अझै आवश्यक सबै तयारी पूरा नभएको पाइएको छ ।

सन् २०१४ देखि बन्द रहेको नेपालको एक मात्र रेलमार्ग पुनः सञ्चालन गर्ने व्यवस्थासहित सरकारले रेल खरिद गरे पनि कहिलेदेखि सञ्चालनमा आउने भन्ने अझै अनिश्चित छ । ३४ किलोमिटरको जनकपुर–जयनगर रेलमार्ग ब्रोड गेजमा विस्तार भएको र यो मार्गमा २०७५ पुसमै रेल सञ्चालन गर्ने घोषणा सरकारले गरेको समाचार राजधानी दैनिकमा प्रकाशित छ ।




भर्खरै