• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

काठमाडौंको खुलामञ्चमा राप्रपाको आमसभा सुरु (तस्बिरसहित)



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को विशाल आमसभा काठमाडौंको खुलामञ्चमा सुरु भएको छ ।

आमसभालाई सम्बोधन गर्न अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्व अध्यक्षहरु पशुपतिशमशेर जबरा र डा प्रकाशचन्द्र लोहनी लगायत वरिष्ठ नेताहरू खुलामञ्चमा प्रवेश गरिसक्नु भएको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

देशका अधिकांश जिल्लामा आमसभा गरिसकेको राप्रपाले ९ वैशाखसम्म आमसभाको मिति तय गरिसकेको र सबै सभामा अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी हुने श्रेष्ठले बताउनुभयो ।

झापा, मोरङ, सुनसरी, उदयपुर, रुपन्देही, कपिलवस्तु, बाँके, कैलाली, कञ्चनपुर, कास्की, लमजुङ, तनहुँ, गोरखा, बागलुङ, सुर्खेत, दाङ, नवलपुर, धनुषा, नुवाकोट, ललितपुर, भक्तपुर, सिन्धुली, लमजुङ, बर्दियामा आमसभा गरिसकेको राप्रपाले आज काठमाडौंको खुलामञ्चमा आमसभा गर्न लागेको हो ।