२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोजपुरमा माटो कमेरोले घर पोत्ने चलन हराउँदै News Polar कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस News Polar छेपारे पहिरोको पीडाः ‘न बच्यो साहारा, न रह्यो बास’ News Polar भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा News Polar वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो News Polar बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्याः तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन् News Polar दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय News Polar सर्वाधिक १७३ मतसहित नेपाल संयुक्त राष्ट्र मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित News Polar सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा News Polar बजेट खर्चलाई मात्र प्रगतिको आधार नबनाउन निर्देशन News Polar पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम News Polar अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा टिकाउन नीतिगत पहलको खाँचो News Polar खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै News Polar मार्तडी धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयद्वारा प्रविधिमैत्री सेवा सुरु News Polar रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित

आलिया–रणबीरमध्ये को बढी धनी ?

आलिया–रणबीरमध्ये को बढी धनी ?
अ अ+ अ-

एजेन्सी । आलिया भट्ट र रणवीर कपूर बलिउडको हट कपल हुन् । आलिया र रणबीर लामो समयदेखि एकअर्कालाई डेट गर्दै आएका छन् भने अहिले दुवै आफ्नो विवाहलाई लिएर चर्चामा आएका छन् । यी दुईको वैवाहिक समारोह १४ अप्रिलदेखि १७ अप्रिलसम्म हुने बताइएको छ ।

यी सबै खबरको बीचमा आज आलिया भट्ट र रणबीर कपुरको नेटवर्थको बारेमा चर्चा गरौं जसबाट तपाईले दुई मध्ये को धनी भन्नेबारे थाहा पाउनुहुनेछ ।

आलिया भट्टको सम्पत्ति
आलिया भट्ट धेरै हिट फिल्ममा काम गरिसकेकी छिन् भने बलिउडका शीर्ष अभिनेत्रीको सूचीमा परेकी छिन् । आलिया करोडौंको सम्पत्तिकी मालिक हुन् । एक रिपोर्ट अनुसार आलिया भट्टको सन् २०२१ सम्ममा कुल सम्पत्ति १६२ करोड रहेको छ ।

आलियाले हरेक महिना ६० लाख रुपैयाँ कमाउने र एक फिल्मका लागि करिब ८–१० करोड भारु लिने गरेको दाबी गरिएको छ । फिल्मका अलावा आलिया भट्टले विज्ञापन, ब्रान्ड आदिबाट पनि मनग्य आम्दानी गर्छिन् ।

रणवीर कपूरको कुल सम्पत्ति
आलिया भट्ट पक्कै पनि एकपछि अर्को हिट फिल्ममा काम गरिरहेकी छिन् तर यसका बाबजुद रणवीर कपुर आफ्नी प्रेमिकाभन्दा धनी छन् । एक रिपोर्टका अनुसार सन् २०२१ सम्म रणवीर कपुर ३३० करोडको सम्पत्तिका मालिक थिए । रणवीरले एउटा फिल्मका लागि ७ देखि ८ करोड भारु पारिश्रमिक लिने गरेका छन् । फिल्मका अलावा रणवीर कपुरले विज्ञापन, ब्रान्ड आदिबाट पनि मनग्य आम्दानी गर्छन् । रणवीरले ब्राण्ड एन्डोर्समेन्टका लागि १ करोड भारु लिन्छन् ।

आलिया भट्ट र रणवीर कपुर दुबै महँगो गाडीको लागि विलाशी छन् । आलियाको कार कलेक्शनको कुरा गर्दा अभिनेत्रीसँग नयाँ अडी क्यू ७, अडी क्यु ५, अडी ए६, बीएमडब्ल्यू ७ सिरिज, ल्यान्ड रोभर, रेन्ज रोभर, भोग जस्ता गाडी छन् । रणवीरसँग रेन्ज रोभर वोग, अडी आर ८, मर्सिडीज जी ६३, रेन्ज रोभर स्पोर्ट जस्ता धेरै गाडी छन् ।

आलिया र रणवीरको आगामी प्रोजेक्टहरू
आलिया भट्ट र रणवीर कपुरको हातमा धेरै फिल्म छन् । सेप्टेम्बर ९ मा रिलिज हुन लागेको फिल्म ‘ब्रह्मास्त्र’ मा यी दुई पहिलो पटक सँगै देखिनेछन् । यसबाहेक आलिया भट्टसँग ‘रकी और रानी’, ‘तख्त’, ‘डार्लिंग’ जस्ता फिल्महरू छन् । यस्तै, रणवीर कपूर ‘एनिमल’, ‘शमशेरा’ र लव रञ्जनको अनटाइटल्ड फिल्ममा देखिनेछन् ।