• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

सासंद पदबाट हटाउने निर्णय बिरुद्ध सरिता गिरीको मुद्दा संवैधानिक इजलासमा



काठमाडौं। जनता समाजवादी पार्टीकी पदमुक्त सांसद सरिता गिरीले दायर गरेको रिटको सुनुवाइ आज संवैधानिक इजलासमा हुँदैछ । संघीय संसद् सचिवालयले गैरकानुनी रूपमा सांसद पदबाट निष्कासन गरेको भन्दै गिरीले २०७७ असार २८ गते सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

कायममुकाम प्रधानन्यायाधीश दीपककुमार कार्की नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र डा। आनन्दमोहन भट्टराई रहन भएको संवैधानिक इजलासमा उहाँको रिटको सुनुवाई हुन लागेको हो ।

रिटमा गिरीले सचिवालयको निर्णयलाई खारेज गर्न माग गर्नुभएको छ । गिरीले पार्टीले ह्विप बिपरित नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरासमेत समेटेर राजनीतिक नक्सा जारी गरेपछि निशान छापमा नक्सा परिवर्तनका लागि संविधान संशोधन प्रस्ताव दर्ता गर्दा प्रस्तावको विपक्षमा उभिनु भएको थियो । पार्टी निर्णय बिपरित उभिएपछि उहाँलाई सांसदपद बाट हटाईएको थियो ।