१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनबाटै सबै सिट जित्छौँ: प्रधानमन्त्री देउवा



file photo
अ+ अ-
काठमाडौँ । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसले गठबन्धन गरे आसन्न स्थानीय निर्वाचनमा सबै सिट जित्ने बताउनुभएको छ ।
केन्द्रीय कार्यसमितिको सोमबारको बैठकमा गठबन्धनबारे फरक–फरक धारणा आएको थियो । जवाफमा प्रधानमन्त्री देउवाले अघिल्लो निर्वाचनमा गठबन्धन कायम गर्न नसक्दा धेरै जना नेताहरू पराजित भएको स्मरण गराउनुभएको थियो। “गठबन्धन नहुँदा मैले नै बल्लतल्ल जितेको हुँ ।
गठबन्धन गरेर जाने हो भने अहिले हामी सबै सिट जित्छौँ,’ देउवाको भनाइ थियो “गठबन्धन नहुँदा पहिले धेरै साथीहरू हार्नुभएकै हो । जित्नका लागि गठबन्धन नगरे अर्को उपाय खोइ त ?”
सभापति देउवाले आफू धेरै लडेको मान्छे हो भन्दै प्रधानमन्त्री देउवाले आफ्नो आइडियोलोजीमा जान आग्रह गर्नुभयो । “म कांग्रेसको विधानबमोजिम अर्कोपटक सभापति हुन सक्दिन, मेरो विचार मान्ने हो भने गठबन्धन गरेर जाऔँ, म धेरै पटक लडेको मान्छे हुँ ।”