३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँके राष्ट्रिय निकुञ्जमा पहिलो पटक मौलिक (रैथाने) भोजनको मेला सम्पन्न



अ+ अ-

काठमाडौं । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती पर्यटकिय क्षेत्रमा पहिलो पटक मौलिक (रैथाने) भोजनको मेला सकिएको छ ।

गाभर भ्याली होमस्टे एशोसिशनको राष्ट्रिय सम्मेलन तथा विभिन्न जातजातीको मोलिक खानका परिकार तथा घरमा निर्मित समाग्रीको किनमेल मेला चैत ११ गतेदेखि १३ गतेसम्म भएको थियो । मेलामा लुम्बिनी प्रदेशका विभिन्न जातजातीमा प्रचलित खाना, सामाग्री तथा विभिन्न जातजातीको सास्कृतिक नाचगान समेत भएको थियो । त्यस्तै,मेलामा ६८ जिल्लाका १ हजार भन्दा बढी होमस्टे संचालकहरुको सहभागिता रहेको थियो ।

मौलिक भोजनमा लुम्बिनी क्षेत्र सहित ६८ जिल्लामा बासोबास गर्ने थारु, मगर, राई, लिम्बु मधेशी तथा अन्य जातजातीहरुले आफुले उत्पादन गरेको बस्तु आफैले घरमै उत्पादन गरेर मेलामा प्रर्दशन गरिएको र बिक्रि वितरण भएको मौलिक भोजन मेला समितिका संयोजक कृष्णलाल चौधरीले बताउनुभयो । उहाँले स्थानीय उत्पादनलाई बजारीकरण गर्न, स्वदेशमा मात्र नभए विदेशमा निर्यात गर्न उत्प्रेरण गर्ने उद्देश्यले मेला आयोजना गरिएको बताउनु भयो । महोत्सवमा थारु समुदायको परम्परागत मौलिक पोशाक पछिल्लो पुस्तालाई जानकारीको लागि प्रर्दशन गरिएको उहाँले बताउनु भयो ।

त्यस्तै, होमस्टे एशोसिएशनका विदेश विभाग सदस्य पुर्ण चन्द्र उपाध्यायले घरेलु मौलिक उत्पादन जोगाउन कै लागि दुई दिने मेला आयोजना गरेको बताउनु भयो ।

त्यस्तै, रैथाने एग्रो प्रोडक्टस नेपालका सचिव आर.वि. राईले घरेलु उत्पादनमा बढाएर उत्पादित बस्तुलाई बजारीकरण गर्दै आएको बताउनु भयो । उहाँले रैथाने उत्पादन बढाउनका लागि किसानहरुलाई पुरानो धान, गहुँ मकै लगायतका खद्यान्न उत्पादन गराउन प्रोत्साहन गरिने बताउनु भयो ।

मौलिक खानाको स्वादसँगै महोत्सव अवलोकन गर्न आएका पाहुनालाई विभिन्न जातजातीमा प्रचलित नाच अवलोकन गर्ने व्यवस्था गरिएको थियो । समुदायमा प्रचलित सख्या, झुम्रा, छोक्रा, पैँया,लट्ठा, मयूर नाच प्रदर्शन गरिएको थियो । हिमाली तथा पहाडी भेगमा प्रचलित कुर्कुटी, सल्यानी टप्पा, झ्याउरे लगायतका नाच महोत्सवमा हेर्ने ब्यवस्था मिलाइएको थियो । आधुनिकतासँगै लोप हुँदै गएका संस्कार र संस्कृति जगेर्ना गर्न लुम्बिनी र हिमाली भेगमा प्रचलित तथा लोपोन्मुख नाचगानकोे संरक्षण गर्न आवश्यक दखिएको छ ।