• ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
  •   Unicode
Logo
Latest
★   गणतन्त्रमा गल्ती गर्नेलाई छुट हुँदैन भन्ने भाष्य स्थापित भएको छ: मन्त्री शर्मा ★   सडक चौडा गर्न वडाध्यक्षकै घर कम्पाउण्डको पर्खाल भत्काउनु पर्‍यो … ★   गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान ★   सहकारी प्रकरणः कार्यदलमा भएन सहमति, दलहरुको आ–आफ्नै दाबी ★   रविका बिरुद्ध काँग्रेस खनिनु भनेको भँगेरा मार्न तोप बोकेर निस्कनु सरह हो: ओली ★   बुद्धजयन्ती मनाइयो-फोटो फिचर ★   नवराज वि.क.लाई सम्झदै जात व्यवस्थाविरुद्धको विद्रोह दिवस मनाइयो ★   बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु ★   चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि ★   शम्भुजीत बास्कोटाको फिल्म ‘टासीदेलेक’को पोस्टर सगरमाथाबाट सार्वजनिक

गैर आवासिय नेपालीहरुलाई आफ्नो ज्ञान, सिप र धन नेपालमा लगानी गर्न राष्ट्रपतिको आग्रह



फाईल फोटो

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गैर आवासिय नेपालीहरुलाई आफ्नो ज्ञान, सिप र धन नेपालमा लगानी गर्न आग्रह गर्नुभएको छ । शनिवार १० औँ गैर आवासिय नेपाली विश्व सम्मेलनलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले गैर आवासिय नेपालीहरुलाई आफ्नो ज्ञान, सिप र धनलाई रोजगारी, पुँजि र उत्पादकत्व वृद्धि हुने क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको हो । उहाँले नविकरणीय ऊर्जा र हरित विकासलाई प्रवद्र्धन गर्नेगरी लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले गैर आवासिय नेपालीहरुको ज्ञान, सिप, पुँजि र सञ्जाललाई देशको आर्थिक, सामाजिक विकासमा उपयोग गर्ने सरकारको नीति रहेको पनि उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो – ‘गैर आवासिय नेपालीहरुको ज्ञान, सिप, पुँजि र सञ्जाललाई मुलुकको सामाजिक, आर्थिक विकासमा उपयोग गर्ने नीति नेपाल सरकारले अवलम्वन गरेको छ ।

लामो समयसम्म नेपालको विकासको गति जनअपेक्षा अनुरुप कायम हुन नसकेको हुँदा समयले हामीलाई उछिन्दै गएको छ । प्राकृतिक स्रोत र साधनले सम्पन्न हाम्रो मुलुकले अपेक्षित गतिमा आर्थिक प्रगती हासिल गर्ने क्रममा सामना गर्नु परिरहेका चुनौतीबारे तपाईहरु जानकार नै हुनुहुन्छ । अध्ययन, व्यवसाय र रोजगारीका सन्दर्भमा विदेश गई तपाईहरुले मेहनतपूर्वक आर्जन गर्नुभएको ज्ञान, सिप र धनलाई नेपालमा रोजगारी, पुँजि र उत्पादकत्व वृद्धि हुने क्षेत्र खोजेर लगानी गर्न मेरो आग्रह छ ।

आर्थिक विकास र लगानीको चर्चा गर्दा हामीले दिगो विकासको अवधारणालाई आत्मसात् गर्नुपर्दछ । जलवायु परिवर्तनका कारण सम्पूर्ण विश्व नै संकटउन्मुख भएकोले मानव सभ्यताको सामु ठुलो चुनौती खडा भएको छ । हामीले गर्ने पूर्वाधार विकासको कार्य प्रकृतिको सन्तुलन जोगाउँदै जिवन र जगतको सुरक्षा गर्न सक्षम हुनुपर्दछ । त्यसैले तपाईहरुले रोज्ने लगानीको क्षेत्र नविकरणीय ऊर्जा र हरित विकासलाई प्रवद्र्धन गर्नतर्फ समेत केन्द्रीत हुन सक्नुपर्दछ ।’

राष्ट्रपति भण्डारीले संविधानले गैर आवासिय नेपालीहरुलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको गैर आवासिय नेपाली नागरिकता प्रदान गर्ने परिकल्पना गरेको उल्लेख गर्दै आवश्यक कानूनको निर्माण पश्चात् सो व्यवस्था लागु हुनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपाली कला, संस्कृति, भाषा, भेषभुषा र परम्परालाई विदेशमा जन्मे हुर्केका भावि पुस्तामा पनि जिवित राख्नेमा आशा व्यक्त गर्नुभयो । उहाँले नेपालमा आपत–विपत पर्दा गैर आवासिय नेपालीहरुको ठुलो साथ र सहयोग रहेको भन्दै त्यसप्रति सम्मान व्यक्त गर्नुभयो ।