७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी

नागरिकता बिहिनहरुको प्रश्न- गृहमन्त्रीज्यू हामीले नागरिकता किन नपाउने ?

नागरिकता बिहिनहरुको प्रश्न- गृहमन्त्रीज्यू हामीले नागरिकता किन नपाउने ?
अ+ अ-

काठमाडौँ। नागरिकता बिहिनहरु नागरिकहरुले गृहमन्त्री बालकृष्ण खाँडलाई ज्ञापनपत्र बुझाएका छन्। नागरिकता बिहिन नेपालीहरुका सयोजक ईञ्नयर इन्जिनियर साफीको टोलीले गृहमन्त्री खाँडलाई ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा उनिहरुले नेपालको संविधान २०७२ को भाग २ धारा १० को उपधारा १ अनुसार कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट बन्चित गरिने छैन भन्ने स्पष्ट व्यवस्था गरेपनि आफुहरु नागरिकता बिहिन भएर बस्नु परेको पीडा उल्लेख गरेका छन् ।

ज्ञापनपत्रमा उनिहरुले संविधानको भाग २ को धारा ११ को उपधारा ३ अनुसार यो संविधान प्रारम्भ हुनुभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निज वालिग भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ भन्ने कुराको पनि स्मरण गराएका छन् ।

नागरिकता बिहिन नेपालीहरुले लेखेको पत्रमा संविधानको धारा ११ को उपधारा ५ अनुसार नेपालको नागरिक आमाबाट नेपालमा जन्म भइ नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई वंशजको आधारमा  नेपालको नागरिकता प्रदान गरिने उल्लेख भएको तर बाबु विदेशी नागरिक ठहरेमा त्यस्तो व्यक्तिको नागरिकता संघीय कानून अनुसार अंगीकृत नागरिकतामा परिणत हुने उल्लेख गरिएको छ ।

पत्रमा नेपालको संविधानले नागरिकता प्राप्तिमा नरोकेको भएपनि कानूनको अभाबमा नागरिकता प्राप्त गर्न नसकेको जनाइएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा शुशासन समितिमा २०७५ भाद्र ५ गते नागरिकता विधेयक दर्ता भए पनि सत्ताको लडाईमा नागरिकता विधेयक अघि बढ्न नसेकेको उल्लेख गर्दै कहिलेसम्म अनागरिक भएर बस्ने भनि प्रश्न गरेका छन् ।

नागरिकता बिहिनहरुले आफुहरुलाई परेको समस्या उल्लेख गर्दै पत्रमा लेखेका छन् नागरिकता नभएर पढ्न पाइएन, पढेपनि काम गर्न पाइएन, वैदेशीक रोजगारीमा जाने आधार छैन, बैकमा खाता खोल्न सकिएको छैन, आफनो नामबाट सीमकार्ड समेत निकाल्न नपाएको अबस्था छ । पटक पटक सरोकारवला निकायको ध्यानकर्षण गराउँदै आन्दोलन धर्ना, ज्ञापनपत्र बुझाउने काम गरेपनि कतैबाट सुनुवाइ भएको गुनासो उनिहरुको रहेको छ ।

भदौ २१ गते उनिहरुले सरकारको ध्यानकर्षण गराउन भन्दै नवलपरासीका प्रमुख जिल्ला अधिकारीलाई पनि ज्ञापनपत्र बुझाएका थिए । यसैगरी नागरिकता बिहिनहरुले आफुहरुको समस्या समाधानको पहल गरिदिन आग्रह गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि पत्र लेखेका थिए ।  

– सम्बन्धित समाचार 

नागरिकता विहीनको प्रश्नः हामी किन जनगणनामा सहभागी हुने ? (भिडियो सहित)

नागरिकता बिहिनको पत्र राष्ट्रपतिलाई, हामी कहिले सम्म अनागरिक भएर बस्ने ?

नागरिकता पाउनु पर्ने माग गर्दे नागरिकता बिहिनहरुले नवलपरासी प्रजिअलाई ज्ञापनपत्र बुझाए