६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस पार्टी कार्यालयअघि नेविसंघको प्रदर्शन (भिडियोसहित)



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले विधानको पूर्ण कार्यान्वयन गर्नुपर्ने लगायतका माग पूरा गर्न पार्टी नेतृत्वलाई दबाब दिन सुरु गरेको छ । 
आईतबार पार्टी केन्द्रिय कार्यालय सानेपामा नेविसंघ संघर्ष समितिले नेपाली काँग्रेस केन्द्रिय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई नेविसंघको विधानसम्मत १२ औँ महाधिवेशन सुनिश्चित गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझाउँदै नेविसंघका पूर्व केन्द्रिय सदस्य अनिल खनालले भविष्यमा बलियो पार्टी निर्माणको लागि आजको बलियो नेविसंघ निर्माण गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले नेपाली काँग्रेसको सिद्धान्तअनुरुप सबै उमेरसमूहका विद्यार्थी नेताहरुको व्यवस्थापन नै अहिलेको आवश्यक्ता भएको बताउँदै नेविसंघको विधानको पूर्ण कार्यान्वयन गराउन,  सबै उमेरका विद्यार्थीहरुको प्रतिनिधित्व हुनेगरी विधानबमोजिम तदर्थसमिति गठन गर्न माग गर्नुभयो ।

पूर्व केन्द्रिय सदस्य खनालले भन्नुभयो, ‘भविष्यमा बलियो पार्टी निर्माणको लागि आजको बलियो नेविसंघ निर्माण गर्न आवश्यक छ । आजको बलियो नेविसंघ बनाउन उक्त समयमा विभिन्न संघर्ष र समय लगानी गरेका हजारौँ नेता कार्यकर्ताहरुको राजनीतिक भविष्य सुनिश्चित गर्न आवश्यक छ । एउटा ऐतिहासिक पार्टी, लोकतान्त्रिक पार्टी, गौरवशाली पार्टी र समावेशी पार्टीभित्र सिन्डिकेट लगाएर पाखा लगाउन खोज्नु न्यायको सिद्धान्त विपरित् छ । घरको पिल्लरहरु भाँचेर बलियो घरको निर्माण गर्छु भन्नु दिवा सपना मात्रै हो । नेपाली काँग्रेसको सिद्धान्तअनुरुप सबै उमेरसमूहका विद्यार्थी नेताहरुको व्यवस्थापन नै अहिलेको आवश्यक्ता हो ।

नेविसंघको विधानको पूर्ण कार्यान्वयन गरियोस् । सबै उमेरका विद्यार्थीहरुको प्रतिनिधित्व हुनेगरी विधानबमोजिम तदर्थसमिति गठन गरियोस् । आसन्न तीनै तहको निर्वाचनमा युवा विद्यार्थी परिचालन गर्ने वातावरण तयार गरियोस् । अद्यावधिक स्ववियू निर्वाचन र नेविसंघको अधिवेशन ग्यारेन्टी गरियोस् । नेविसंघको विधानसम्मत १२ औँ महाधिवेश सुनिश्चित गरियोस् ।’

त्यस्तै नेपाली काँग्रेस केन्द्रिय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले संघर्ष समितिले बुझाएको ज्ञापनपत्रको बारेमा पार्टी सभापतिलाई जानकारी गराउने प्रतिवद्धता जनाउनु भयो । उहाँले पार्टी सभापतिले गरेको निर्णयलाई सबै जिल्लाका पार्टी निकट भातृसंगठनले स्वीकार्ने विश्वास लिएको पनि बताउनु भयो ।

नेविसंघ सघर्ष समितिले आसन्न तीनै तहको निर्वाचनमा युवा विद्यार्थी परिचालन गर्ने वातावरण तयार गर्न, अद्यावधिक स्ववियू निर्वाचन र नेविसंघको अधिवेशन ग्यारेन्टी गर्न र नेविसंघको विधानसम्मत १२ औँ महाधिवेशन सुनिश्चित  गर्न मागसमेत गरेको छ ।