१० असार २०८३, बुधबार
,
Latest
पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता कर्णालीका यातायात कार्यालयबाट ११ महिनामा ३१ करोड २३ लाख राजस्व संकलन, करको मुख्य हिस्सा सवारीसाधनबाट आज पनि सुनचाँदीको मूल्य घट्यो सत्तामा पुगेपछि सुशासनको वाचा बिर्सिएको महासचिव पाेखरेलकाे आरोप रास्वपा महाधिवेशन निर्वाचन : ८० विद्युतीय उपकरणबाट मतदान, दुई घण्टामै नतिजा आउने दाबी विदेशमा रहेका रास्वपा प्रतिनिधिले मोबाइल एपबाट मतदान गर्न पाउने असहायको उद्धारमा झापाकाे मानवसेवाश्रम सक्रिय चोरी गरी अमेरिका पुर्याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसद्वारा युक्रेनमा धेरै मानवीय कोरिडोर खोल्ने घोषणा



अ+ अ-

रुसको सेनाले सोमबार युक्रेनीका धेरै सहरमा आक्रमण रोकेर मानवीय कोरिडोरहरू खोल्ने बताएको छ । रक्षा मन्त्रालयले राजधानी किभसहित  खार्किभ, मारिउपोल र सुमी सहर मस्कोको समयअनुसार बिहान १० बजे खोल्ने बताएको हो ।

घेरिएको बन्दरगाह सहर मारिउपोलका बासिन्दाहरूलाई बाहिर निकाल्ने प्रयास लगातार दोस्रो दिन असफल भएपछि युक्रेनमा नागरिक विपत्ति बढ्दै गएको छ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आइतबार रूसी सेनाले कृष्ण सागरको तटमा रहेको ऐतिहासिक बन्दरगाह सहर ओडेसामा बमबारी गर्ने तयारी गरिरहेको चेतावनी दिएका छन्।

फेब्रुअरी २४ मा रूसी सेनाले आक्रमण गरेदेखि १० लाखभन्दा बढी शरणार्थीहरू युक्रेनबाट पोल्याण्डमा सीमा पार गरिसकेको पोलिश सीमा गार्डहरूले बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घले रुसी आक्रमण पछि १५ लाखभन्दा बढी मानिस युक्रेनबाट छिमेकी देशहरूमा पलायन भएको बताएको छ।

टर्कीका राष्ट्रपति तैयप एर्दोगानले आइतबार आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनलाई युक्रेनमा युद्धविराम घोषणा गर्न, मानवीय कोरिडोर खोल्न र शान्ति सम्झौतामा हस्ताक्षर गर्न आग्रह गरेको उनको कार्यालयले जनाएको छ।

वार्साले युक्रेनमा लडाकु विमानहरू पठाउने निर्णय गरेमा संयुक्त राज्य अमेरिकाले पोल्याण्डमा विमानहरू पठाउने विचार गरिरहेको छ अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बताए । 

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आइतबार आफ्ना अमेरिकी समकक्षी जो बाइडेनसँग रुसविरुद्धको आर्थिक सहयोग र प्रतिबन्धहरूबारे छलफल गर्न फोनमा कुरा गरेको बताए।

किभ र मस्कोका प्रतिनिधिमण्डलहरू सोमबार तेस्रो चरणको वार्ता गर्ने तयारीमा छन्।

संयुक्त राष्ट्र सुरक्षा परिषद्ले सोमबार रुसको आक्रमणबाट युक्रेनमा उत्पन्न भएको मानवीय सङ्कटका बारेमा आपत्कालीन बैठक बोलाउने र सम्भावित मस्यौदा प्रस्तावमाथि छलफल गर्ने भएको छ।

वासिङ्टनले युक्रेनमा आक्रमण गर्दा रुसले विशेषगरी नागरिकमाथि आक्रमण गर्दा युद्ध अपराध गरेको ‘अत्यन्तै विश्वसनीय रिपोर्टहरू’ देखेको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आइतबार बताए । एजेन्सी