१४ असार २०८३, आईतवार
,
Latest
सवारी दुर्घटना भएमा राज्यलाई पनि ज्यानमार्ने उद्योगमा मुद्दा चलाउने कानूनी व्यवस्था सरकारले गर्नुपर्दछः ज्ञानबहादुर शाही प्रतिनिधि सभामा महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन पेश राष्ट्रपतिबाट ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३’ प्रमाणीकरण सरकार स्मार्ट बनोस् शुभकामना छ तर ओभर स्मार्ट नबनोस्ः सांसद गुरुङ अत्यावश्यक खोपको तत्काल प्रबन्ध गर्न सांसद आचार्यको माग फिफाले एन्फामाथि गरेको निलम्बन फुकुवा गर्न सरकारले तत्काल पहल गर्नुपर्दछः आर्यन राई कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग रास्वपाको प्रदेश सभा खारेज गर्ने निर्णय जनताप्रतिको धोका र बेइमानी हो, डटेर सामना गर्छौंः युवराज… मुलुकभर अत्यावश्यक खोपको अभाब: मन्त्रालयले अग्रसरता लिएन
तपाईं के खोज्दै हुनुहुन्छ ?

४० वर्षपछि मणि केशवनारायणको नित्य पूजा थालियो



अ+ अ-

ललितपुर । पाटन दरबार सङ्ग्रहालय भित्र अवस्थित मणि केशवनारायण मन्दिरमा ४० वर्षपछि नित्य पूजा थालिएको छ ।विभिन्न कारणले स्थगित भइरहेको सो पूजा सोमबार हरिबोधनी एकादशीका दिनदेखि थालिएको हो ।  

मणि छँ ब्राह्मण समूहका सहयोगमा नारायणको क्षमा पूजा र विष्णु रुद्री पाठनसहित दैनिक नित्य पूजाको प्रारम्भ गरिएको पुजारी माधवश्याम शर्माले जानकारीदिनुभयो । उहाँले भन्नुभयो, “मन्दिरको आयस्ता घट्दै गएपछि हरेक दिन पूजा चलाउन खर्च नभएकाले रोकिएको सुनिन्छ ।” सो एकतले गुम्बज शैलीमा निर्माण भएको मन्दिर पूजा गरिनाका साथै सर्वसाधारका लागि सङ्ग्रहालय खुल्ने समय खुला भएको उहाँको भनाइ छ । 

सो मल्लकालीन मन्दिर विसं १९९० को भूकम्पले भत्किएपछि मर्मत र सम्भार गरी राखिएको सङ्ग्रहालयका निमित्त कार्यकारी निर्देशक सुरेशमान लाखेले बताउनुभयो । उहाँले भन्नुभयो, “यस मन्दिरमा १५औँ शताब्दीको नारायणको मूर्ति छ ।” सो नारायणको दायाँ लक्ष्मी र गरुडलाई समेत दर्शन गर्न पाइने उहाँले जानकारी दिनुभयो ।

तत्कालीन राजा योगनरेन्द्र मल्लले सो नारायणसहित अन्य सात मणिगणेश, मणिचैत्य, मणिछँ, मणिभैरव, मणिमण्डप, मणिलिङ्गेश्वर र मङ्गहिटी अर्थात् मणिधारा नामक ८ मणि पाटनमा निर्माण गरी मणिगल क्षेत्र बनाएका बताइएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुर महानगरपालिका–१६ मा सो मन्दिर अवस्थित छ । 

ललितपुर प्राचीन समयदेखि नै बास्तुकला एवं धर्मसंस्कृति केन्द्रका रुपमा विकास हुनाका साथै विभिन्न समयमा हुने पर्व अनि जात्राहरु आदि विविध पक्षका लागि प्रसिद्ध क्षेत्र हो । ललितपुर दरबारका प्रमुख अङ्गहरुमा तलेजु अनि द्घिमाजु मन्दिर, सुन्दरी अनि नासल तथा मूल र केशवनारायण चोक रहनाका साथै तुसा अनि लोहिटी र भण्डारखाल बगैँचा आदि समेत छन् । 

यसैगरी दरबारको पश्चिमी प्राङ्गणमा नेपाली छानेशैलीका हरिशङ्कर अनि चारनारायण तथा विश्वनाथका साथै भीमसेन मन्दिर र शिखर एवं गन्धकूट शैलीका नरसिंह मन्दिरसमेत रहेको छ । सो मन्दिरअगाडि ‘कात्तिक डबली’ मा गत बुधबारदेखि वियोगान्त कथामा आधारित कात्तिक नाट्य महोत्सव मञ्चन भइरहेको छ । ललितपुरका युपग्राम अनि यल तथा मणिगल र ललितपुरी आदि प्राचीन नाम हुन् । ललितपुरमा किरातको राजदरबार थियो भन्ने किंवदन्ती छ । रासस