४ पुष २०८२, शुक्रबार
,
Latest
निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस्: मन्त्री खरेल नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक ७.९० अंकले वृद्धि



अ+ अ-

काठमाडौँ । साताको पहिलो दिन आइतबार गिरावट आएको शेयर बजार मापक नेप्से सोमबार सामान्य वृद्धि भएको छ । 

सोमबार निकै उतार चढावका बिच कारोबारको अन्त्यमा ७.९० अंकले वृद्धि भएको छ ।  नेप्से परिसूचक ७.९० अंकले बढेर  २ हजार ७६५.४३ अंकमा पुगेको छ । आइतबार नेप्से परिसूचक ११.६० अंकले घटेर २ हजार ७५७.५३ अंकमा झरेको थियो। आइतबारको तुलनामा कारोबार रकममा समेत गिरावट आएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सूचक सेन्सेटिभ इण्डेक्स १.२१ प्रतिशत घटेर ५१९.४६ अंक भएको छ । त्यस्तै फ्लोट इण्डेक्स ०.३४ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६ अंकले बढेको छ ।

आइतबारको कारोबारमा आएका २२५ कम्पनीको ७५ लाख६५ हजार ५१० कित्ता शेयर ३ अर्ब ९२ करोड ९२ लाख ६१ हजार ६२७ रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्से १३ उपसमूह मध्ये पाँच  उपसमूहको शेयर मूल्य गिरावट आएको छ भने अन्य ८ उपसमूहमको मूल्य बढेको छ । जसमा बैंकिङ समूहको २.८९ अंक, ट्रेडिङ १५.८३ , होटल तथा टुरिजम १४९.७६, जलविद्युत १०.९२, निर्जीबन बीमा ९९.४८ बढेको छ ।

त्यस्तै,माइक्रोफाइनान्स १४.५७ , जीवन बीमा समूहको उपसूचक ७.०८,विकास बैंक ३४.९९ ,उत्पादन तथा प्रशोधन २४.९१ अंकले घटेको छ । आज सबै पाँच कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सोमबार पनि सबै भन्दा धेरै मूल्य बढ्ने कम्पनीमा मानुषी लद्युवित्त वित्तीय संस्था छ । मानुषीको शेयर १० प्रतिशतले बढेको छ ।

त्यस्तै, चन्द्रगिरी हिल्स,एनआईबिल प्रगति फन्ड, खानीखोला हाइड्रो पावर र नेपाल इन्स्योरन्सको शेयर मूल्य बढेको छ । त्यस्तै सबै भन्दा धेरै शेयर मूल्य गिरावट हुने तेह्रथुम पावर कम्पनी,कालिका पावर कम्पनी,सगरमाथा इन्स्योरेन्स र रिलायन्स फाइनान्स कम्पनी रहेका छन् । कारोबार रकमका आधारमा आज  महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको ३४ करोड ४१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, नेपाल दूरसञ्चार कम्पनीको २९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।