३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन

लोकतन्त्रको पक्षपोषणमा प्रेसको भूमिका महत्वपूर्ण : राष्ट्रपति भण्डारी

लोकतन्त्रको पक्षपोषणमा प्रेसको भूमिका महत्वपूर्ण : राष्ट्रपति भण्डारी
अ+ अ-

काठमाडौँ, ६ असोज (रासस) : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली पत्रकारिता र प्रेस जगतले लोकतन्त्रको पक्षपोषणमा खेलेको महत्वपूर्ण भूमिकाको उच्च प्रशंसा गर्नुभएको छ ।

प्रेस काउन्सिल नेपालको ४९औँ वार्षिकोत्सव समारोहलाई आज राष्ट्रपति कार्यालयमा नै सम्बोधन गर्दै उहाँले लोकतन्त्रको सम्वद्र्धन र रक्षाका लागि प्रेस जगतले उल्लेखनीय योगदान गरेको बताउनुभयो ।

उहाँले शीघ्र सूचना सम्पेषण गर्ने चाहनामा गलत समाचार तथा सूचना सम्प्रेषण हुन सक्ने भएकाले त्यसतर्फ विशेष ध्यान दिन पत्रकार र सञ्चारमाध्यमलाई आग्रह गर्नुभयो । ऐतिहासिक राजनीतिक परिवर्तनपछि मुलुक अहिले आर्थिक समृद्धितर्फ केन्द्रित रहेको उल्लेख गर्दै उहाँले राजनीतिक मतभेद अन्त्य भएको अवस्थामा आर्थिक विकास र जनताको जीवनस्तरको सुधार नै आजको प्रमुख दायित्व हो भन्नुभयो ।

उहाँले राज्यले अगाडि सारेका नीति तथा कार्यक्रमलाई मर्यादित भएर अगाडि बढाउन राज्यको चौथो अङ्गका रुपमा रहेको पत्रकारिता क्षेत्रले भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । इन्टरनेट र समाजिक सञ्जालको सदुपयोग गर्न आग्रह गर्दै राष्ट्रपतिले राष्ट्रले पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूत गरेकाले त्यसलाई केन्द्रमा राखेर आफ्नो आचारसंहिता तथा मूल्य र मान्यतामा रहेर अग्रसर हुन सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।

मुलुकलाई सही दिशामा लैजान पत्रकारिता क्षेत्रको प्रमुख कर्तव्य रहेको भन्दै उहाँले गलत सूचना नजाओस् भनेर निरन्तर सजगता अपनाउनु पत्रकारिता क्षेत्रको पेशागत दायित्वसमेत रहेको र त्यसले पेशाको मर्यादा र सम्मानसमेत गर्ने उल्लेख गर्नुभयो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले लामो समयदेखि नागरिक स्वतन्त्रताका निम्ति लडेका र लामो समयदेखि प्रेस स्वतन्त्रताको पक्षमा लागिरहेका पार्टी र सोही पार्टीको नेतृत्वमा सरकार रहेकाले प्रेस स्वतन्त्रता हनन हुन्छ कि भनेर आशङ्का नगर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “सधैँ शङ्का मात्रै गर्ने हो भने त्यसको कुनै औषधि हुँदैन । अप्ठ्यारो केही विषयमा परेको भए त्यसलाई सच्याउन हामी तयार छौँ । नागरिक स्वतन्त्रताको पक्षमा लडेको दल र त्यसको नेतृत्व सरकारमा रहेकाले त्यसबाट प्रेस स्वतन्त्रता हनन हुन्छ र गर्छ भनेर ठान्नु नै गलत हुन्छ ।”

चिन्ता गर्नेभन्दा पनि चिन्तन गर्न आग्रह गर्दै उहाँले कानूनी प्रावधानका विषयमा उठेका विषयलाई स्वभाविकरुपमा सम्बोधन गरिने र त्यसलाई व्यवस्थित गरिने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “गाउँखाने कथा जस्तो बह्मा, विष्णु, महेश्वर भने जस्तो पत्रकारिता क्षेत्र हुनु हुँदैन । त्यो पनि नियमनमा बस्नुपर्छ । व्यक्तिगत स्वतन्त्रता पनि हुन्छ । त्यसलाई ख्याल गर्नुपर्छ ।”

पत्रकारिता र सञ्चार क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन पत्रकार आफँैले पनि सच्चिनुपर्ने र आफैँतिर हेर्नुपर्नेमा मन्त्री बाँस्कोटाको जोड थियो । सरकारले शुक्रबारदेखि अश्लील वेबसाइट बन्द गरेको विषयमा समेत आफूलाई जोडेर नकारात्मक टिप्पणी गरिएको उहाँले आपत्ति प्रकट गर्नुभयो ।

“नेपालको आफ्नै मौलिक सद्भाव, मान्यता र परम्परा रहेको छ । संसारमा कुनै पनि देश र समुदायमा अश्लीलतालाई स्वीकार गरिँदैन”, मन्त्री बाँस्कोटाले भन्नुभयो, “हामीले शुक्रबार अश्लील वेबसाइट बन्द गर्न निर्देशन दियौँ । तर मलाई नै लक्षित गरेर तानासाको सरकार यस्तै हुन्छ, अब के पो गर्न बाँकी रह्यो र भन्ने जस्ता टिप्पणी गरियो । योभन्दा विकृत मानसिकताको उपज अरु केही हुन सक्छ ?”

विगतको छापाखाना ऐनले न्यू मिडियालाई निगमन गर्न नसक्ने भएकाले नयाँ कानूनी र नीतिगत व्यवस्था गर्न लागिएको उहाँको प्रष्टोक्ति थियो । हरेक पेशाको मर्यादा हुने भन्दै उहाँले कानून, न्याय र विधिभन्दा बाहिर जाने तथा संविधान नै मान्दिन भन्ने मान्यताबाट कोही पनि निर्देशित हुन नहुनेमा जोड दिनुभयो ।

मन्त्री बाँस्कोटाले मिडिया काउन्सिल ऐन र नयाँ प्रेस कानून तयारीको क्रममा रहेको भन्दै हाल उठेका सबै विवादलाई त्यसले हल गर्नेसमेत स्पष्ट पार्नुभयो । व्यक्तिगत स्वतन्त्रतालाई पनि ख्याल गरेर पत्रकारिता गर्न आग्रह गर्दै उहाँले सरकार र सरकारी निकायमाथि निगरानी गर्न भने छुट दिइएको बताउनुभयो ।

नेपालको संविधानले पूर्ण भन्ने अगाडि राखेर प्रेस स्वतन्तता उल्लेख गरेकाले त्यसमा तलमाथि हुन्छ कि भनेर सोच्नसमेत नहुने विचार व्यक्त गर्नुभयो । उहाँले कानून निर्माण प्रक्रिया पारदर्शी हुने भएकाले लुकेर बन्द कोठामा वा अध्याँरोमा बसेर कुनै पनि काम नहुने र पारदर्शीरुपमा छलफल गरेर नै अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “जति भ्रम उत्पन्न ग¥यो र पाल्यो भने त्यसले आफैँलाई लेखेटिरहन्छ, त्यसबाट केही पनि पाइँदैन ।”

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले पे्रस स्वतन्त्रतामा बन्देज लाग्नै नसक्ने भएकाले अनावश्यक चिन्ता लिनु नपर्ने बताउनुभयो । विद्युतीय कारोवार ऐन र गत भदौ १ गतेदेखि लागू भएको संहिताले केही डर पैदा गरेको भए पनि सरकारले त्यसकोसमेत सम्बोधन गर्न उच्चस्तरीय कार्यदल गठन गरिसकेको भन्दै उहाँले कुनै पनि बन्देज लाग्न नसक्ने स्पष्ट पार्नुभयो । उहाँले समयानुकूल ऐन तथा निमयको प्रबन्ध गर्नु जरुरी रहेको आवश्यकता औँल्याउनुभयो ।