२ पुष २०८२, बुधबार
,
Latest
त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन माछा मार्न गएका एक पुरुष मृत फेला सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार लुम्बिनी बौद्ध विश्वविद्यालयमा विदेशी विद्यार्थीको आकर्षण नेपाल अफगानिस्तानसँग पराजित किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण जनताले बिकल्प खोजेका छन् , राष्ट्रबादी शक्ति नै अबको बिकल्प – कमल थापा पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षण अस्पताललाई जापानी सहयोग



अ+ अ-

काठमाडौं, असोज १० गते । नेपालका लागि जापानी राजदूत मासामिची साइगोले त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालका लागि जापान सरकारकाबाट तर्फबाट उपलब्ध गराइएका चिकित्सा उपकरण एक समारोहबीच शिक्षामन्त्री गिरिराजमणी पोखरेललाई हस्तान्तरण गर्नुभयो ।

जापानले उपलब्ध गराएका सामग्रीको मूल्य करिब ६९ करोड ३० लाख रहेको नेपालस्थित जापानी राजदूतावासका सांस्कृतिक विभागका इश्वरी प्रसाद भट्टले जानकारी दिनुभयो ।

शिक्षण अस्पतालको क्षमता निर्माणमा जापान सरकारले सन् १९९२ देखि नै विभिन्न सहयोग गरिआएको छ । राजधानीको अति व्यस्त यस अस्पतालमा बिरामीको आवश्यकतालाई मध्यनजर गरी जापानको सहयोग निरन्तर जारी रहेको पनि दूतावासले जनाएको छ ।

पछिल्लो सहयोगबाट म्याग्नेटिक रिसोनेन्स इमेजिङ (एमआरई), एक्सरे इमेजिङ उपकरण, इन्डोस्कोपी र स्टेरिलाइजर समेतका अत्याधुनिक उपकरण खरिद गर्नुका साथै अस्पतालको भवनको छाना र भुइँतलालाई जिर्णोद्धार गरिनेछ ।

सो अवसरमा राजदूत साइगोले उक्त सहयोगबाट सहज मूल्यमा बिरामीले गुणस्तरीय स्वास्थ्य सुविधा प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले जापान र नेपालबीचको मैत्रीपूर्ण सम्बन्धमा यो सहयोगले पनि महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।