४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँ जलविद्युतको ठेक्का सम्झौता



अ+ अ-

१४० मेगावाट जडित क्षमता भएको तनहुँ जलविद्युत आयोजनाको ठेक्का सम्झौता भएको छ । आयोजनाको मुख्य निर्माण कार्यको निर्माण कम्पनीहरुसँग सोमबार ठेक्का सम्झौता भएको हो । आयोजना आगामी पाँच बर्षभित्र निमार्ण सम्पन्न गर्ने लक्ष्यका साथ ठेक्का सम्झौता गरिएको छ ।

पहिलो प्याकेज (पानी फर्काउने, बाँध निर्माणलगायत काम) तथा दोस्रो प्याकेज (सुरुङ, विद्युतगृह निर्माण, हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडान) निर्माण गर्न क्रमशः इटलीको सिएमसी दि राभेना सोसाइट को–अपरेटिभ र चीनको सिनो हाइड्रो कर्पोरेशनबीच सम्झौता भएको हो । पहिलो प्याकेजको सम्झौता तनहुँ हाइड्रो लिमिटेडका प्रबन्ध सञ्चालक प्रदीपकुमार थिके र इटालियन कम्पनी सिएमसीका तर्फबाट सालभाटोरे कसियारोले हस्ताक्षर गरे ।

सिएमसीसँग २० अर्ब ४६ करोड ५२ लाख (मूल्य अभिवृद्धी करसहित) रुपैयाँमा सम्झौता भएको छ । यस्तै, दोस्रो प्याकेजअन्तर्गत न्यूनतम लागत प्रस्ताव गर्ने चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेशनसँग सम्झौता गरिएको छ । सम्झौतामा कम्पनीका तर्फबाट थिके र सिनो हाइड्रोका छेङ सोएस्याङले हस्ताक्षर गरेका छन् । दोस्रो प्याकेजका लागि ३ अर्ब ८३ करोड १४ लाख ११ करोड ४१ लाख ८९ हजार (मूल्य अभिवृद्धि करबाहेक) रुपैयाँमा सम्झौता भएको छ ।

सम्झौता अनुसार दुवै प्याकेजअन्तर्गतको संरचना निर्माणको काम ठेकेदार कम्पनीले २०८० मंसिरभित्र पूरा गर्नुपर्ने तालिका निर्धारण गरिएको छ । दुवै ठेकेदारलाई तनहुँ हाइड्रोले गत साउन ८ गते २८ दिनभित्र परफर्मेन्स ग्यारेन्टी बुझाउन पत्राचार गरेको थियो । सिनो हाइड्रोले तोकेको समयभित्रै बुझाए पनि इटलियन कम्पनीले एक महिना ढिलो गरेको थियो ।

सम्झौता भएको २ महिनाभित्र काम सुरु गर्न आदेश दिएको थिकेले बताए । काम गर्न आदेश दिएको दिनदेखि ठेकेदारको ठेक्का अवधि वा निर्माण पूरा गर्न समय सुरु हुनेछ । दुवै ठेकेदारले ५ वर्ष २ महिनाभित्र तोकिएको काम पूरा गर्नुपर्नेछ ।

आयोजनाका लागि हिउँदमा प्रतियुनिट १२.४० रुपैयाँ र बर्खामा प्रतियुनिट ६.०८ रुपैयाँ दरमा पिपिए भएको छ । आयोजनाको बर्खाको ऊर्जा ६५ प्रतिशत कायम गरिएको छ । टेक अर पे (लिऊ या तिर) प्रावधानमा गरिएको पिपिएमा वार्षिक ३ प्रतिशतका दरले ८ पटक मूल्यवद्धिको व्यवस्था गरिएको छ ।

आयोजनाको विद्युत उत्पादन गर्ने मिति (आरसिओडी) २०८० चैत मसान्त तोकिएको छ । आयोजनाबाट उत्पादित विद्युत ३५ किलोमिटर टाढा २२० केभीको न्यू–भरतपुर सबस्टेसनमा जोडिनेछ । आयोजनाको कूल लागत ५० करोड ५० लाख अमेरिकी डलर (प्रशारण लाईन, ग्रामिण विद्युतिकरण तथा निर्माण अवधिको व्याजसहित ) अनुमान गरिएको छ ।

एसियाली विकास बैंक (एडिबी) ले १५ करोड अमेरिकी डलर, जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका) ले १८ करोड ४० लाख डलर, युरोपियन इन्भेस्टमेन्ट बैंक (इआइबी) ले ८ करोड ५० लाख डलर र सरकार तथा नेपाल विद्युत प्राधिकरणले ८ करोड ७० लाख डलर लगानी गर्नेछ ।