४ आश्विन २०८१, शुक्रबार
,
Latest
नियन्त्रित मनोद्विपक पदार्थ ट्रामाडोल क्याप्सुल १ लाख ८० हजार ४३० सहित ६ पक्राउ शिक्षाको हब बन्दै पोखरा प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान सहकारी समितिमा रवि लामिछानेले दिएको बयानमा के छ ? (पूर्णपाठ) सहकारी छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ) संविधानका प्रगतिवादी कुरालाई पश्चगामी ढंगले संशोधन गरे अर्को जनआन्दोलन हुन्छः झलनाथ खनाल नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजिनामा राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस ७६ वर्षको उमेरमा महेश भट्टले सुरु गरे पोडकास्ट एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान संशोधन, चौधरीको शपथ र आन्दोलनकारीको मुद्दा फिर्ता गर्न माग



अ+ अ-

सप्तरी, १७ असोज (रासस) ः राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले दुई तिहाइको वर्तमान शक्तिशाली सरकारले नै संविधान संशोधन गर्न सक्ने बताउनुभएको छ ।

सिरहाबाट राजविराज आइपुग्नुभएका महतोले आज यहाँ पत्रकारसँग भेटघाट गर्दै मधेश आन्दोलनको भावना समेटेर संविधान संशोधन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आगामी सोमबार प्रत्येक जिल्ला प्रशासन कार्यालय र सीधै प्रधानमन्त्री कार्यालयमा सरकारलाई यस सम्बन्धमा ज्ञापनपत्र दिइने जानकारी दिनुभयो ।

उहाँले संविधान संशोधन, सांसद रेशम चौधरीको शपथ, ‘झुटा मुद्दा लगाएर जेलमा राखिएका’ आन्दोलनकारीको मुद्दा फिर्तालगायत विषयमा सरकार जिम्मेवार हुनुपर्ने तथा हत्या, हिंसा, बलात्कार, भ्रष्टाचारी, कालोबजारी र महँगी नियन्त्रणमा लाग्नुपर्ने बताउनुभयो ।

‘प्रदेश नम्बर २ सरकारको गतिविधि सन्तोषजनक नभए पनि’ आन्दोलन र जनताको भावनाको सम्मान गर्न गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताउँदै महतोले कमजोरी हटाई सङ्घीय समाजवादी फोरम नेपाल र राजपाको गठबन्धन बलियो बनाउन लागिएको जानकारी पनि दिनुभयो ।