४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यानमारविरुद्व नेपालको जीत, ३ ओभरमा लक्ष्य पूरा



अ+ अ-

काठमाडौँ, १७ असोज – आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको एसिया रिजनल क्वालिफायर बीमा नेपालले शानदार विजयी सुरुवात गरेको छ । मलेसियामा बुधवार भएको पहिलो खेलमा नेपालले म्यानमारलाई ८ विकेटले पराजित गरेको हो  । ३० रनको झिनो लक्ष्य नेपालले ३ ओभरमा भेट्टाएको हो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको म्यानमार १० ओभरमा २९ रन जोड्दा अलआउट भएको थियो ।नेपाललाई विजयी लक्ष्यसम्म डोर्होयाउने क्रममा करण केसीले अविजित १४, अनिल साहले ११ तथा विनोद भण्डारीले १ रन जोडे । प्रदीप ऐरी गोल्डेन डक आउट भए ।

ललितसिंह भण्डारी र करण केसीको पहिलो दुई ओभरमा १ र १ विकेट गुमाएर पनि सम्हालिएको म्यानमारको पारी स्पिनरले मोर्चा सम्हालेपछि तहसनहस भयो ।

२३ बाट थप ६ रन जोड्ने क्रममा म्यानमारले बाँकी ८ विकेट गुमायो । यसक्रममा सन्दीप लामिछानेले ४ तथा ललित राजवंशीले ३ विकेट लिए । एक ब्याट्सम्यान रन आउट भए ।

२ ओभर बलिङ गरेका लामिछाने र ३ ओभर बलि ङ गरेका राजवंशीले समान ३ रन खर्चिए । म्यानमारका लागि हेट लिन औङले सर्वाधिक १६ रन जोडे ।दोस्रो खेलमा नेपालले आगामी शनिवार मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा नेपाल, म्यानमार र मलेसियाका अलावा थाइल्याण्ड, चीन र भुटान सहभागी छन् ।