२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

शीर्ष नेतृत्वले प्राथमिकता दिनुपर्छः नेता खनाल



अ+ अ-

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले जतिसक्दो छिटो जनवर्गीय सङ्गठनबीचको एकतालाई निष्कर्षमा पु¥याउनुपर्ने बताएका छन् ।

विश्व ट्रेड युनियन महासङ्घ (डब्लुएफटियु) को ७३औं स्थापना दिवसका अवसरमा आयोजित ‘सबैका लागि सामाजिक सुरक्षा र निःशुल्क स्वास्थ्य उपचार’ विषयक गोष्ठीमा उनले तल्लो तहसम्म एकीकरणको प्रक्रियालाई टुङ्गोमा पु¥याउन शीर्ष नेतृत्वले प्राथमिकताका साथ लाग्नुपर्ने बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले भने, ‘चाँडोभन्दा चाँडो एकीकृत पार्टी निर्माण गरेर त्यसलाई गति दिनुको विकल्प छैन । एकीकृत पार्टी राष्ट्रव्यापी र जनव्यापीरुपमा गतिशील पार्टी र राष्ट्रिय शक्तिका रुपमा रहन्छ । यसले मात्र राष्ट्रिय राजनीतिलाई गति दिन सक्छ ।’

संविधानबमोजिम जनताको हक अधिकारलाई प्रत्याभूत गर्न धेरै ऐन, कानून निर्माण गर्नु जरुरी रहेको बताउँदै उनले मजदुरसम्बन्धी ऐन परिस्कृत रुपमा निर्माण गरेर सबै श्रमिकलाई हक अधिकारले सुसज्जित बनाउनुपर्ने आवश्यकता औँल्याए ।

विश्व ट्रेड युनियन महासङ्घ, समन्वय समिति नेपालका संयोजक प्रेमलकुमार खनालले बढ्दो महङ्गी र आधारभूत आवश्यकताका वस्तु र सेवामा भइरहेको अधिक मुनाफामुखी प्रवृत्तिका कारण सरकारले तोकेको न्यूनतम पारिश्रमिकबाट श्रमिकको जीवनस्तर माथि उठ्न नसक्ने बताए ।

दोस्रो विश्वयुद्धको अन्त्यपछि संसारभरका श्रमिक पुनःसङ्गठित हुने क्रममा ५६ देशका ३४६ श्रमिक प्रतिनिधि भेला भएर अक्टोबर ३, १९४५ का दिन फ्रान्सको राजधानी पेरिसमा महासङ्घको स्थापना भएको हो । नेपालमा क्रियाशील प्रगतिशीत एवं समाजवादी विचार पक्षधर आठ ट्रेड युनियन महासङ्घ यस महासङ्घमा आबद्ध छन् ।