३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

शीर्ष नेतृत्वले प्राथमिकता दिनुपर्छः नेता खनाल

शीर्ष नेतृत्वले प्राथमिकता दिनुपर्छः नेता खनाल
अ+ अ-

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले जतिसक्दो छिटो जनवर्गीय सङ्गठनबीचको एकतालाई निष्कर्षमा पु¥याउनुपर्ने बताएका छन् ।

विश्व ट्रेड युनियन महासङ्घ (डब्लुएफटियु) को ७३औं स्थापना दिवसका अवसरमा आयोजित ‘सबैका लागि सामाजिक सुरक्षा र निःशुल्क स्वास्थ्य उपचार’ विषयक गोष्ठीमा उनले तल्लो तहसम्म एकीकरणको प्रक्रियालाई टुङ्गोमा पु¥याउन शीर्ष नेतृत्वले प्राथमिकताका साथ लाग्नुपर्ने बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले भने, ‘चाँडोभन्दा चाँडो एकीकृत पार्टी निर्माण गरेर त्यसलाई गति दिनुको विकल्प छैन । एकीकृत पार्टी राष्ट्रव्यापी र जनव्यापीरुपमा गतिशील पार्टी र राष्ट्रिय शक्तिका रुपमा रहन्छ । यसले मात्र राष्ट्रिय राजनीतिलाई गति दिन सक्छ ।’

संविधानबमोजिम जनताको हक अधिकारलाई प्रत्याभूत गर्न धेरै ऐन, कानून निर्माण गर्नु जरुरी रहेको बताउँदै उनले मजदुरसम्बन्धी ऐन परिस्कृत रुपमा निर्माण गरेर सबै श्रमिकलाई हक अधिकारले सुसज्जित बनाउनुपर्ने आवश्यकता औँल्याए ।

विश्व ट्रेड युनियन महासङ्घ, समन्वय समिति नेपालका संयोजक प्रेमलकुमार खनालले बढ्दो महङ्गी र आधारभूत आवश्यकताका वस्तु र सेवामा भइरहेको अधिक मुनाफामुखी प्रवृत्तिका कारण सरकारले तोकेको न्यूनतम पारिश्रमिकबाट श्रमिकको जीवनस्तर माथि उठ्न नसक्ने बताए ।

दोस्रो विश्वयुद्धको अन्त्यपछि संसारभरका श्रमिक पुनःसङ्गठित हुने क्रममा ५६ देशका ३४६ श्रमिक प्रतिनिधि भेला भएर अक्टोबर ३, १९४५ का दिन फ्रान्सको राजधानी पेरिसमा महासङ्घको स्थापना भएको हो । नेपालमा क्रियाशील प्रगतिशीत एवं समाजवादी विचार पक्षधर आठ ट्रेड युनियन महासङ्घ यस महासङ्घमा आबद्ध छन् ।