२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’
तपाईं के खोज्दै हुनुहुन्छ ?

भदौ मसान्तसम्म एक खर्ब २० अर्ब राजस्व संकलन



अ+ अ-

आन्तरिक ऋण उठाउन सरकारले सरकारले अबदेखि क्यालेन्डर बनाउने भएको छ । कुन समयमा कुन क्षेत्रबाट कति आन्तरिक ऋण उठाउने भन्ने योजना क्यालेण्डरमा समेटिने छ ।
गत वर्ष साउन महिनामै ७३ अर्ब ७८ करोड रुपैयाँ आन्तरिक ऋण उठाएको सरकारले यो वर्ष अहिलेसम्म यस्तो ऋण उठाएको छैन । सरकारले बजेटमा रहेको न्यून बजेट पूर्तिका लागि आन्तरिक ऋण बाट नगद जम्मा गर्ने गर्दछ ।

यस वर्ष राजस्व सरकारी खर्च भन्दा बढी उठेकाले सरकारले अहिले सम्म आन्तरिक ऋण उठाएको छैन। गत वर्ष स्थानीय तहलाई रकम उपलब्ध गराउन परेकाले खर्च व्यवस्थापनका लागि मात्रै पनि आयस्रोतले नधानेपछि आन्तरिक ऋण उठाएको थियो ।

यस वर्षको भदौ मसान्तसम्म सरकारले एक खर्ब २० अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ भने एक खर्ब तीन अर्ब रुपैयाँ खर्च गरेको छ ।

तरपनि सरकारले अब देखि कुन कुन शिर्षकमा आन्तरिक ऋण उठाउने भन्ने विषयमा क्यालेण्डर बनाउन लागेको हो ।