२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

घोषणापत्रका प्रतिबद्धता पूरा हुन्छ : नेता गौतम



अ+ अ-

दमौली, १७ असोज (रासस) : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता बामदेव गौतमले आगामी पाँच वर्षभित्र घोषणापत्रमा उल्लेख भएबमोजिम प्रतिबद्धता पूरा हुने बताउनुभएको छ ।

आज दमौलीमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता गौतमले सरकार गठन भएको सात महीना मात्रै भएकाले अहिले नै परिणाम खोज्नु उचित नहुने बताउनुभयो । “सरकार गठन भएको सात महीना मात्रै भएको छ, पुराना अवशेष हटाउन बाँकी नै छ, नयाँ किसिमले जानको निमित्त केही समय चाहिन्छ, पैसा जुटाउनुप¥यो, यी सबै काम गर्दै जान केही समय लागेको हो,” उहाँले भन्नुभयो ।

चुनावका समयमा नेकपाले जारी गरेको घोषणापत्रअनुसार नै सरकारले काम गर्ने भन्दै उहाँले घोषणापत्रको लक्ष्य पाँच वर्षमा पूरा हुने बताउनुभयो । “पाँच वर्षभित्र परिणाम खोज्नुपर्छ,” उहाँले भन्नुभयो, “हाम्रो घोषणालाई अहिल्यै कसैले खोज्न थाल्यो भने असम्भव छ, त्यो कुरा बुझ्न नचाहनेले अलि बढी प्रचार गरेका छन् ।”

जनताको आशा र अपेक्षा पनि बढिरहेको बताउँदै उहाँले प्रतिपक्षीमा रहेका दलले बढाई चढाई गरेर आलोचना गर्नाले पनि सरकारको विरोध भइरहेको बताउनुभयो । “यो प्रतिपक्षीको अधिकारको कुरा हो, यसमा हाम्रो भन्नु केही छैन,” उहाँले भन्नुभयो ।

सरकारको कामप्रति जनताको गुनासो रहेको र स्थानीय तहमा पनि धेरै कर लगाए भन्ने गुनासो जनताले गरेको भन्दै उहाँले यी सबै कुरा विस्तारै हट्दै जाने समेत बताउनुभयो । पार्टीभित्रको असन्तुष्टिका विषयमा बोल्दै उहाँले यो घर भित्रको सामान्य कुरा मात्रै भएको बताउनुभयो ।

केही दिनअघि सरकारको विरोध गर्दै पूर्वप्रधानमन्त्री एवं नेकपाका नेता माधव नेपालले दिनुभएको सम्बोधनप्रति गौतमले भन्नुभयो, “आफू अनुपस्थित भएको बेलामा सचिवालयले ठूला–ठूला निर्णय ग¥यो भन्ने मात्रै गुनासो माधव नेपालले गर्नुभएको हो ।”

पार्टी विधानअनुसार अध्यक्ष र महासचिव अनुपस्थित भए मात्रै निर्णय हुन नसक्ने तर अरूको अनुपस्थितिले निर्णय प्रक्रियामा कुनै असर नगर्ने गौतमको भनाइ थियो । उहाँले भन्नुभयो, “म नभएको बेलामा पनि धेरै निर्णय भएका छन् । यो त सामान्य विषय मात्रै हो ।”

गौतमले जिल्लास्तरमा पार्टी एकीकरणको प्रक्रिया शुरु भइसकेको भन्दै दुई÷तीन महीनाभित्रै काम सकिने जानकारी दिनुभयो । दश दिनअघि सचिवालयले एकीकरणका सन्दर्भमा निर्णय गरिसकेको र विभिन्न ठाउँमा बैठक बसेर एकीकरण टुङ्ग्याउने काम भइरहेको उहाँले बताउनुभयो ।

गौतमले अहिले दैनिकजसो बलात्कारका घटना घटिरहेको प्रति चिन्ता व्यक्त गर्दै अपराधीमाथि अलि कडा कारवाही प्रारम्भ गर्न नपाउँदा पनि केही समस्या सिर्जना भएको समेत बताउनुभयो ।