२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अाेली स्वदेश फिर्ता, पार्टीभित्रकाे असन्तुष्टी सामान्य



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको असन्तुष्टिलाई ठूलो बनाउन जरुरी नभएको बताउनुभएकाे छ ।  नेता नेपालसँग २९ सालदेखि मित्रता-घनिष्ठता रहेको भन्दै उहाँले ढुक्क हुन आग्रह गर्नुभयाे ।

अमेरिका भ्रमणबाट फर्किएका ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुले यही प्रश्न गरे ।

नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली अमेरिका भ्रमणमा रहेका बेला नेता नेपालले सरकारको कामप्रति संसदमै प्रश्न उठाएका थिए भने प्रदेश कमिटी गठनमा असन्तुष्टि जनाउँदा स्थायी कमिटी सदस्यहरुको भेला गरेका थिए ।

जवाफमा ओलीले नेता नेपालले संसदमा केके भन्नुभयो आफूलाई पूर्ण जानकारी नभएको बताउनुभयाे । उहाँले नेता नेपालप्रति कटाक्ष गर्दै भन्नुभयाे, ‘कवि मनले लयात्मक ढंगले केही भनिहाल्यो भने त्यसैलाई समातेर कुद्नु पर्ने छैन । पुराना गीत सम्झना हुनसक्छ ।’

प्रधानमन्त्री ओलीले एउटा हावा चल्यो पात हल्लियो भन्दैमा त्यसको पछाडि लाग्नु दृष्टिकोण नभएको राजनीति हुने बताउनुभयाे । ‘त्यस्ता राजनीतिको पछाडि कतिपय पक्ष कुदे भने मुद्दाहीनताको कुरामात्र देखिन्छ ‘ उहाँले भन्नुभयाे ।

हिजो चुनावी तालमेल गर्ने सहमति गर्दा हुँदैन भनेको, पार्टी एकता गर्दा टिक्दैन भनेको स्मरण गर्दै ओलीले भएपछि तल्ला तहहरुसँग एकता भएन भनेर प्रश्न उठेको बताउनुभयाे । उहाँले भन्नुभयाे,  ‘२/४ दिन पर्खिनुस्, व्यवहारबाटै जवाफ दिन्छौं ।’

सरकारले नराम्रो काम एउटा पनि गरेको र राम्रो गर्ने कोसिस गरेको प्रधानमन्त्री ओलीले बताउनुभयाे । आफ्नो नेतृत्वको सरकार ५ वर्ष चल्छ र अर्को चुनावपछि झन् बलियो भएर आउने उहाँले बताउनुभयाे ।

यसअघि नेपालको विकास भएको तर, ७ महिना मात्र केही नभएको जसरी चर्चा गरिएको भन्दै प्रधानमन्त्री ओलीले भन्नुभयाे, ‘सबैभन्दा लामो समय सरकारमा बस्ने साथीहरुलाई भन्न चाहन्छु । यो गाली गरेपछि सन्तोष माने कुरा मात्र हो ।’

अन्तर्राष्ट्रिय क्षेत्रमा पनि राम्रो काम गरेको भन्दै उहाँले भन्नुभयाे, ‘भारतसँगको सम्बन्ध बेग्लै उचाइमा अगाडि बढाइएको छ । चीनसँग त्यसैगरी अगाडि बढाएको छ ।’

राष्ट्रसंघको ७३ औं महासभालाई सम्बोधन गर्न अमेरिका जानुभएका प्रधानमन्त्री ओलीले कोष्टारिकाको पनि भ्रमण गर्नुभएकाे थियाे ।