२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

किष्ट बैंकका तत्कालीन प्रवन्ध सञ्चालक ज्ञवाली पक्राउ



अ+ अ-

महानगरीय अपराध महाशाखाको टोलीले किष्ट बैंकका तत्कालीन प्रवन्ध सञ्चालक कमल ज्ञवाली पक्राउ गरेको छ । ज्ञवालीलाई बिहीबार कञ्चनपुरबाट पक्राउ गरिएको हो । बैंकमा प्रवन्ध सञ्चालक हुँदा उनीमाथि ‘जम्को प्रकाशन’ का नाममा साढे १२ करोड कर्जा लिएर अपचलन गरेको आरोप लागेको थियो ।

ज्ञवाली, उनकी पत्नी गौरी खनालसहित आठ जनाविरुद्ध मुद्दा दायर गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ । ज्ञवालीलाई आजै पुनरावेदन अदालत पाटनमा उपस्थित गराइने बुझिएको छ । पुनरावेदन अदालत पाटनले ज्ञवालीलाई दोषी ठहर गर्दै २०७३ असोज ४ मा चार वर्ष जेल सजाय र साढे चार करोड जरिवाना सुनाएको थियो । त्यसयता उनी फरार थिए ।