२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीभित्र एकताको खाँचो ः महामन्त्री डा कोइराला



अ+ अ-

काठमाडौँ, १८ असोज (रासस) ः नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीभित्र एकताको खाँचो रहेको बताउनुभएको छ ।

प्रजातन्त्रवादी प्राध्यापक सङ्घ रत्नराज्य लक्ष्मी क्याम्पसले आयोजना गरेको ‘लोकदृष्टि जर्नल विमोचन, चाडपर्वको शुभकामना तथा सम्मान कार्यक्रम’मा उहाँले भन्नुभयो, “काङ्ग्रेसको आन्तरिक एकता मजबूत भयो भने कसैले चाहेर पनि हराउन सक्दैन ।”

“इतिहास, सिद्धान्त र कार्यकर्तामा काङ्ग्रेस बलियो छ तर निर्वाचनमा किन पराजय हुन्छ,” उहाँले प्रश्न गर्नुभयो ।

महामन्त्री डा. कोइरालाले आउँदो निर्वाचनमा काङ्ग्रेसलाई पहिलो पार्टी बनाइ छाड्ने प्रतिवद्धता व्यक्त गर्दै महामानव विपी कोइरालाको हातबाट लेखिएको पार्टीको विधान संविधानअनुसार परिवर्तन हुन लागेको जानकारी दिनुभयो ।

काङ्ग्रेस केन्द्रीय सदस्य डा शेखर कोइरालाले संशोधन हुन लागेको पार्टीको विधानमा सभापतिलाई बलियो बनाए पार्टीभित्र निरंकुशता हावी हुने उल्लेख गर्दै “सभापतिलाई बलियो बनाउने कुरा स्वीकार्य हुन सक्दैन, ”, भन्नुभयो ।

नेता डा कोइरालाले दुई तिहाइको सरकार संविधानको भावना र मर्मलाई बुझेर अगाडि नबढेको आरोप लगाउनुभयो ।

काङ्ग्रेस नेता एवं सांसद भीमसेनदास प्रधानले पार्टी बलियो बनाउन काङ्ग्रेसभित्र वृहद एकताको खाँचो रहेको उल्लेख गर्दै राजनीतिक मुद्दामा काङ्ग्रेसले जितेपनि निर्वाचनमा पराजय भोगेको धारणा व्यक्त गर्नुभयो ।

प्रजातान्त्रिक प्राध्यापक सङ्घ रत्नराज्य क्याम्पसका अध्यक्ष उद्धव सिग्देल, उपाध्यक्ष सिर्जना श्रेष्ठ, रत्नराज्य क्याम्पसका संस्थापक अध्यक्ष सुनिलकुमार पौडेल, सङ्घका पूर्वअध्यक्ष बासुदेव घिमिरे, महासचिव राजेन्द्र गौतम, प्रा डा जीवराज पोखरेललगायतले पार्टीले बुद्धिजीवीका विचारलाई लिएर अगाडि बढेमात्र सफल हुने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा महामन्त्री कोइरालाले क्याम्पसबाट हरेक वर्ष प्रकाशित हुने जर्नल ‘लोकदृष्टि’को विमोचन गर्नुभएको थियो । सोही अवसरमा महामन्त्री कोइराला, सांसद प्रधान र प्रजातान्त्रिक प्राध्यापक सङ्घ रत्नराज्य क्याम्पसका संस्थापक अध्यक्ष पौडेललाई सम्मान पनि गरिएको थियो ।