२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रिपर दुर्घटनामा तीनको मृत्यु



अ+ अ-

धादिङः पृथ्वीराजमार्गको भीमसेन स्थानबाट कच्ची सडकबार्ट चकमके जाँदै गरेको बा५ख २४१८ नंको टिपर थाक्रे गाउँपालिका–१० मानेडाँडामा शुक्रबार राति दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य तीन घाइते भएका छन् ।

मृत्यु हुनेमा थाक्रे गाउँपालिका–१० का ५५ वर्षीय महेश तामाङ, ६० वर्षीया सोममायाँ तामाङ र ६२ वर्षीया सावित्री तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार महतोले जानकारी दिनुभयो । तीमध्ये दुईको घटनास्थलमै मृत्यु भएको थियो भने सावित्रीको उपचारका लागि काठमाडौँतर्फ लाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

दुर्घटनामा परेको टिपर सडकबाट ६०० मिटर तल पुगेको थियो । टिपरमा रहेका अन्य तीनको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।