२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुर्जा हिमालमा आठ अाराेहीको मृत्यु



अ+ अ-

बेनी: म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा रहेको गुर्जा हिमाल आरोहणका लागि आधार शिविर पुगेका नौ जनामध्ये आठ जनाको शव भेटिएको छ ।

गुर्जा हिमालको आधार शिविरमा पुगेका पाँचजना कोरियाली नागरिक र चारजना नेपाली टोलीमध्ये आठ जनाको शव भेटिएको हो । हिमालको आधार शिविरमा पुगेर वास बसेका आरोही टोली आँधीहुरी र हिमपहिरोको दुर्घटनामा परेको हुनसक्ने धौलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो ।

उहाँका अनुसार, आधार शिविरमा उनीहरुको शव अप्ठ्यारो ठाउँमा रहेकाले निकाल्न सकिएको छैन् । उद्धारको लागि पुगेको हेलिकप्टरसमेत उद्धारमा कठिनाई देखिएपछि फर्किएको र थप स्रोत र साधन लिएर पुन उद्धारमा जाने तयारी भएको बताइएको छ । असोज २१ गते सात हजार १९३ मिटर उचाइको गुर्जा हिमाल आरोहणको लागि दक्षिण कोरियाका नागरिक किम चङ होको नेतृत्वमा चार कोरियन र तीनजना नेपाली टोली आधार शिविरमा पुगेका थिए ।

सो टोलीलाई भेट्न २४ गते एक नेपाली र एक कोरियाली नागरिक आधार शिविरमा पुगेका थिए । आरोही टोलीलाई भेट्न गएको टोली निर्धारित समयमा नफर्किएको र सञ्चार सम्पर्कसमेत विच्छेद भएपछि गुर्जाबाट खोजीको लागि गएका स्थानीयवासीको टोलीले उनीहरु मृत अवस्थामा भेटिएको पुष्टी गरेको वडाध्यक्ष छन्त्यालले जानकारी दिनुभयो ।

‘‘ पछिल्लो टोली एक दिनमात्रै बसेर फर्कने तालिका थियो, तर उनीहरु नै दुर्घटनामा पर्नुले असोज २४ गते नै घटना घटेको देखिन्छ, जब त्यो टोली फर्कन ढिला गरेपछि आङ्शका बढ्यो, किन ढिलाइ गर्यो भनेर खोजी गर्दा शव भेटिए’’– वडाध्यक्ष छन्त्यालले भन्नुभयो ।

यता जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढामगरले आधार शिविरमा पर्यटकको शव भेटिएको गुर्जाका स्थानीयवासीबाट खबर आएपछि उद्धारको लागि पुगेको हेलिकप्टर आधार शिविरमा बस्न नसकेर फर्किएको जानकारी दिनुभयो ।

हेलिकप्टरबाट ८ जनाको सब जस्तो देखिएको खवर आएपनि उद्धारमा कठिनाई भएकाले विस्तृत विवरण आउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

पर्यटन विभागबाट ६० दिनभित्र हिमाल आरोहणको अनुमति पाएका टोलीले गुर्जा हिमालको दक्षिणी मोहोडाबाट हिमाल आरोहण गर्ने गरि आधार शिविरतर्फ लागेको थियो ।
–––