२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिउँ आँधीमा परेकाको शव काठमाडौँमा



अ+ अ-

पोखराः   म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा अवस्थित गुर्जा हिमाल आरोहणका क्रममा आधार शिविरमै हिम आँधीमा परेर ज्यान गुमाएका आठ जनाको शव आज पोखरा हुँदै काठमाडौँ पठाइएको छ ।

शुक्रबार बेलुकी गुर्जा हिमालमा अचानक आएको हिउँ आँधीमा चार नेपाली र पाँच कोरियालीसहित नौ जनाको निधन भएको थियो । हेलिकप्टरमा घटनास्थल पुगेका तालीमप्राप्त उद्धारकर्मीको टोली आधार शिविरमा छरिएर रहेका शव सङ्कलन गरी चार खेपमा गुर्जा पु¥याउन सफल भएको थियो । घटनास्थलबाट सिम्रिक एयरको हेलिकप्टरमार्फत पोखरा ल्याइएको शव आज साँझ काठमाडौँ पठाइएको पोखरा विमानस्थलमा खटिनुभएका प्रमुख प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिनुभयो ।

धवलागिरि–१ गुर्जाका २९ वर्षीय नेत्रप्रसाद छन्त्यालको शव जिल्ला सदरमुकाममा परीक्षण गरी गाउँमै लगेर आफन्तको जिम्मा लगाइएको छ । यही असोज २४ गते राति सुतिरहेको अवस्थामा आएको हिउँ आँधीमा परेर सङ्खुवासभा, हटियाका ३९ वर्षीय छिरिङ भोटे, भोटेखोला गाउँपालिका–३ का २१ वर्षीय लाक्पासाङ्बु भोटे, सोलुखुम्बुका फुर्वा भोटे, दक्षिण कोरियाका जहन ली, च्याङ हो किन, इल जिन रिम, योङ जिक यु र जुन सो जियोङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गुर्जा हिमाल आरोहण हुन लागेको यो पहिलो टोली थियो । वडाध्यक्ष झकबहादुर छन्त्यालका अनुसार गुर्जाका अन्य हिमाल आरोहण हुँदै आए पनि यो हिमालको आरोहणका लागि पहिलो पटक टोली पुगेको थियो । लामो समयपछि हिमाल आरोहणमा आएको टोली दुर्घटनामा परेपछि सिंगो गाउँ शोकमग्न भएको छ ।
ट्रेकिङ क्याम्पस नेपालमार्फत गुर्जा हिमाल आरोहण र पदयात्राका लागि गएका उनीहरु हिउँ आँधीमा परेको स्थानमा पुग्न म्याग्दीको सदरमुकाम बेनीदेखि लगभग चार घण्टा गाडी र १३ घण्टा पैदलयात्रा गर्नुपर्ने बताइएको छ ।




भर्खरै