२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रानीपोखरी पुनर्निर्माणः इच्छुक कम्पनीको योग्यता पुगेन, फेरि बोलपत्रको तयारी



अ+ अ-

२९ असोज, काठमाडौं । ऐतिहासिक रानीपोखरी निर्माण पुनः अन्योलमा परेको छ ।

कामपाको मागअनुरुपको बोलपत्र र आशयपत्र पेश गरेका दुवै निर्माण कम्पनी याेग्यता नपुगेपछि  पोखरी पुनः निर्माण पुनः अन्योल परेको हो ।

भूकम्प गइसकेपछि दोस्रोपटक पुनः निर्माणका लागि काठमाडौँ महानगरपालिकाले बोलपत्र आह्वान गरी निर्माण कार्य अघि बढाउने तयारी गरेको थियो । तर, त्यसमा मागअनुरुपको आशयपत्र परेन ।

‘निर्माणको इच्छा राख्ने दुवै कम्पनीले पेश गरेका कागजात अपुग छ, त्यसैले निर्माणको जिम्मा दिनका लागि मापदण्ड पूरा गरेको हुनुपर्छ, आवश्यकताअनुरुपको हुनका लागि अर्को बोलपत्र माग गर्नुपर्छ त्यसको लागि समय लाग्छ’, काठमाडौं महानगरपालिकाका नगरप्रमुख विद्यासुन्दर शाक्यले भने ।

यसअघि काठमाडौँ महानगरपालिकाले मन्दिरसहित रानीपोखरीको पुनर्निर्माण गर्दा पुरातत्व विभागले बालगोपालेश्वर मन्दिर गुम्बज शैलीमा निर्माण गरेको र निर्माणका क्रममा सिमेन्ट प्रयोग गरेको भन्दै विवाद सिर्जना भएपछि निर्माणको सम्पूर्ण काममा रोक लगाइएको थियो ।

कामपाले व्यापारिक दृष्टिकोणले सोहीअनुरुप पोखरी क्षेत्रको निर्माण कार्य शुरु गरे पनि आधुनिक निर्माण सामग्री प्रयोग गरेको भन्दै चौतर्फी विरोध आएपछि शुरु गरिएको निर्माण कार्य रोकिएको हो ।

पुनर्निर्माणको काम अन्योल भएसँगै यस वर्ष पनि तिहारमा बालगोपालेश्वर मन्दिरको प्रयोग गर्न नपाइने भएको छ । उक्त मन्दिर हरेक वर्ष तिहारमा भाइटीकाको दिनमात्र सर्वसाधारणको लागि खुला गरिने गरिन्छ । मन्दिरमा दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइले भाइटीका लगाउने गर्दछन् ।




भर्खरै