२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीबाट २२ लाख यात्रु बाहिरिए



अ+ अ-

काठमाडौँ, ३१ असोज (रासस) ः काठमाडौँ उपयकाबाट दशैँ मनाउन २१ लाख भन्दा बढी यात्रु बाहिरिएका छन् । महानगरीय ट्राफिक महाशाखाका अनुसार विगत चार दिनको अवधिमा सो सङ्ख्यामा यात्रु बाहिरिएका हुन् ।

स्थलमार्गबाट मात्रै २२ लाख यात्रु बाहिरिएको महाशाखाको भनाइ छ । टाढाटाढाका यात्रु बाहिरिए पनि काठमाडौँ आसपासका सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, धादिङलगायत जिल्लाका सर्वसाधारण आज पनि काठमाडौँबाट बाहिरिदै गरेको महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक वसन्त पन्तले जानकारी दिनुभयो । दशैँभर काठमाडौँबाट करीब २४ लाख मानिस बाहिरिने उहाँको भनाइ छ ।

काठमाडौँबाट २२ लाख मानिस बाहिरिएसँगै विगत दुई दिनदेखि काठमाडौँको चहलपहल घटेको छ भने सार्वजनिक यातायातका साधनसमेत कम चल्न थालेका छन् । अहिले काठमाडौँका प्रायः सडक र पसल सुनसान देखिएका छन् ।