२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रारामा पर्यटकको चाप बढ्दो



अ+ अ-

जुम्ला, ७ कात्तिक (रासस) कर्णाली प्रदेशको ठूलो ताल रारामा यस याममा रारा जानेको सङ्ख्यामा वृद्धि भएको छ । दशैँ र तिहारको बीचमा बिदा हुने भएकाले आन्तरिक पर्यटकको सङ्ख्या बढेको हो ।

पर्याप्त होटल, लज नहुँदा दैनिक सरदर १५ सय पर्यटक रारामा जाने गर्दा खान बस्नका लागि असुविधा हुने गरेको छ । देशका विभिन्न स्थानबाट दैनिक ३०० मोटरसाइकल, १५० जीप तथा १० बस जाने गरेको गोठीजिउला प्रहरीचौकीका प्रहरी हबल्दार दीर्घराज अधिकारीले बताउनुभयो ।

राराको हुटुमा डाँफे होटल तथा हेरिटेज होटल, माझघट्टमा रहेको होमस्टे, मृर्माटप होटल, रारा भ्यु होटलको क्षमताभन्दा बढी पर्यटक हुने भएकाले कोही त्रिपालमा, कोही गाडीमा र कोही आगो बालेर रात बिताएको बारा निजगढबाट आएका आन्तरिक पर्यटक निर्मल भण्डारीले गुनासो गर्नुभयो

रारा जाने पर्यटक नाग्मदेखि रारासम्मको यात्रामा वर्षामा हिलाम्मे तथा हिउँदमा धुलाम्मे हुने भएकाले केन्द्रीय सरकार, कर्णाली प्रदेश सरकार, तथा स्थानीय सरकारले राजमार्गको तत्कालस्तर सुधार तथा रारामा व्यवस्थित होटलको स्थापना गर्नुपर्ने अनिवार्य देखिन्छ ।