४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

भाकपा नेता यचुरी काठमाडौंमा



अ+ अ-

८ कात्तिक, काठमाडौं । भारतीय भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम यचुरी नेपाल आएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को निमन्त्रणामा उनी बिहीबार बिहान काठमाडौं आएका हुन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेकपाका नेताद्वय कृष्णगोपाल श्रेष्ठ र विष्णु रिजालले स्वागत गरेका थिए ।

नेपाल बसाइको क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतसँग भेटघाट गर्ने कार्यक्रम छ ।

साथै, पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा आयोजित विचार गोष्ठीलाई समेत उनले सम्बोधन गर्ने नेकपाले जनाएको छ ।