२३ जेष्ठ २०८३, शनिबार
,
Latest
पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्मला हत्याकाण्डमा सरकार पानीमाथिको ओभानो – डा बाबुराम भट्टराई



अ+ अ-

 

 

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याकाण्डमा सरकारले पानीमाथिको ओभानो हुने प्रयत्न गरेको आरोप लगाएका छन् ।

गृहमन्त्रालयले घटनामा प्रत्यक्ष संलग्न भएको देखिने गरी मुद्दा ढाकछोप गर्न र प्रमाण नष्ट गर्न लागिपरेका दुई प्रहरी अधिकारीलाई “भविष्यमा अयोग्य नठहरिने गरी” बर्खास्त गरेर पानीमाथिको ओभानो हुने प्रयत्न गरेको डा भट्टराईको आरोप छ ।

सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै डा भट्टराईले प्रत्यक्ष संलग्नहरुलाई त्यत्तिकै छाड्न लागिएको आरोपसमेत लगाएका छन् ।

उनको फेसबुक स्टाटस यस्तो छ –‘निर्मला पन्त बलात्कार(हत्या प्रकरणमा सरकारले तीन महिनापछि सो घटनामा प्रत्यक्ष संलग्न भएको देखिने गरी मुद्दा ढाकछोप गर्न र प्रमाण नष्ट गर्न लागिपरेका दुइ प्रहरी अधिकारीलाई “भविष्यमा अयोग्य नठहरिने गरी” बर्खास्त गरेर पानीमाथिको ओभानो हुने प्रयत्न गरेको छ।

बलात्कार–हत्या जस्तो जघन्य अपराधको प्रमाण जानीबुझी नष्ट गर्नु झन् ठूलो अपराध हैन ? त्यसको अर्थ ती प्रहरीलाई अपराधी को हो भन्ने थाहा छ भन्ने प्रष्ट हुन्न र  ? त्यसवापत तिनलाई पक्रेर वास्तविक अपराधी पत्ता लगाउनु पर्दैन ?

त्यस्तै बम दिदीबहिनीका सबै हर्कतले उनीहरू अपराधमा संलग्न छन् भन्ने निर्मलाका आमाबाबु (मसंगको फोन कुराकानी) र स्थानीय जनताको जबर्जस्त भनाइ छँदाछँदै उनीहरूलाई गम्भीर केरकार र अनुसन्धान नगरी किन छाडा छोडिदैछ ?

स्पष्ट छ यो काण्डमा शक्तिशालीहरू मुछिएका छन् र सरकारी संयन्त्र अपराधीलाई जोगाउन लागीपरेको छ।

निर्मला पन्त अब सबै नेपालीकी छोरी बनिसकेकी छन्। उनी एउटा व्यक्ति मात्र नभएर दिनहुँ बलात्कारहत्याको शिकार भैरहेका महिलाहरूको प्रतिनिधि पात्र बनेकि छन् !

सबै नेपाली जहाँसुकै भए पनि निर्मलालाई न्यायको निम्ति आन्दोलनमा सहभागी बनौं ! वास्तविक अपराधीलाई पक्रेर कडा सजाय नहोउन्जेल दबाब जारी राखौं !!