२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्ड बिहान भारत गएर साँझ फर्कदै



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार बिहान भारतको नयाँदिल्ली गएका छन् ।

उनी भारतीय जनता पार्टी (भाजपा) ले आयोजना गरेको थिंक ट्याङ्क इण्डिया फाउण्डेशनको कार्यक्रममा भाग लिन अध्यक्ष प्रचण्ड दिल्ली गएका हुन् ।

प्रचण्डले प्रमुख अतिथिका रुपमा उक्त कार्यक्रमलाई सम्बोधन गर्ने छन् । भारत जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले आफूलाई दुई महिनाअघि निमन्त्रणा आएको बताए ।

पहिले गोवामा कार्यक्रम हुँदा आउन नभ्याउने बताएको र दिल्ली सरेपछि बिहान गएर बेलुका फर्कने भएकाले विचार सम्बन्धी कार्यक्रममा भाग लिएर फर्कने बताए ।

उनले विचार निर्माणमा इन्डिया फाउन्डेसनको भूमिका महत्वपूर्ण रहेको बताए । उनले विचार सम्बन्धी पार्टीको दृष्टिकोण, देशको दृष्टिकोण, दक्षिण एसियाको विकास र नेपाल–भारत सम्बन्धको बारेमा विचार राख्ने बताए ।

उनले कुनै राजनीतिक भेटघाट नहुने पनि बताए ।

इन्डिया फाउन्डेसनको यो पाँचौं संस्करण हो । यसअघि पनि नेपालबाट नेताहरु गएका थिए ।

https://hamrakura.com