२० मंसिर २०८२, शनिबार
,
Latest
महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुण र दोषको आधारमा सरकारको मूल्यांकन गछौँ— डा महत



अ+ अ-


वीरगन्ज । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले काँग्रेसले गुण र दोषको आधारमा सरकारको मूल्यांकन गरिरहेको बताउनुभएको छ ।

शनिबार बिहान वीरगन्जमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो— नेपाली काँग्रेसले विना आधार कहिल्यै कुरा नगर्ने भएकोले सरकारको मूल्यांकन र आलोचना पनि गुण र दोषको आधारमा गर्दछ ।
डा.महतले भन्नुभयो— तर दुःखको कुरा यो छकि सरकारले छ महिना बिताइसकेको छ, हामीले सरकारलाई आलोचना गर्न नमिल्नेगरी सरकारको कुनै गुण भेटेका छैनौँ, किनभने सरकार आफैले नै एक दुई गरेर कुनै राम्रो काम गरेको देखाउन सकेको छैन ।
कुरा मात्र गर्ने तर काम नगर्ने प्रवृत्तिका कारण सरकारले काम गर्न नसकेको उहाँको भनाई थियो । डा.महतले भन्नुभयो, देश बनाउनलाई समर्पण, जिम्मेवारी र प्रतिबद्धता चाहिन्छ तर वर्तमान सरकारमा यी कुराको कमी छ, त्यसैले जनतामा निराशा थपिरहेको छ ।
त्यसैगरी नेपाली काँग्रेसको आर्थिक नीति सुझाव संकलनका लागि वीरगन्जमा आयोजित प्रदेशस्तरीय गोष्ठीमा बोल्दै उहाँले वर्तमान सरकारले स्वदेशी एवम् विदेशी लगानीका लागि उचित वातावरण बनाउन नसकेका कारण देशमा ठूलो लगानी हुन नसकेको र जसले गर्दा मुलुकको अर्थतन्त्र दिन प्रतिदिन ह्रासोन्मुख रहेको बताउनुभयो ।
सरकारले लगानीको वातावरण बनाएको भए देशमा उद्योग धन्दा कलकारखाना खोल्ने माहौल सिर्जना भइसक्ने थियो भन्दै उहाँले भन्नुभयो— सरकारले देशमा आर्थिक लगानीको लागि आवश्यक कानुनी शासन दिन सकेको छैन, त्यसैले लगानीकर्ताहरु निर्धक्क भएर आउन सकेका छैनन् ।
दुई नम्बर प्रदेशले प्रहरी तथा कर्मचारी भर्ना गर्न लागेको तयारीका बारेमा गरिएको एक प्रश्नमा उहाँले भन्नुभयो— अहिले प्रदेश सरकार तथा स्थानीय निकायलाई के कति अधिकार दिइएको छ त्यसको सीमा र परिधिभित्र रहेर काम गर्नुपर्छ, देश संघीयतामा गएकोले केन्द्रले पनि केन्द्रीय सोँच राख्नुहुदैन र प्रदेशले पनि आफूलाई दिइएको अधिकारको परिधिभित्र रहेर मात्र काम गर्नुपर्छ ।