२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेमिटेन्स ३३ प्रतिशत बढ्याे, शोधनान्तर २५ अर्बले घाटामा



अ+ अ-

काठमाडौं । नेपाली अर्थतन्त्रको चलाउन प्रमुख हिस्सा मानिएको रेमिटेन्स ३३ प्रतिशतले बढ्दा पनि देशको शोधानान्तर स्थिति २५ अर्ब ४५ करोड रुपैयाँले घाटामा गएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको भदौ महिनासम्मको आर्थिक स्थिति अनुसार शोधानान्तर २५ अर्ब ४५ करोड रुपैयाँले घाटामा छ । अघिल्लो आर्थिक वर्षको भदौ महिनामा शोधानान्तर ५ अर्ब ८७ करोडले घाटामा थियो ।

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा विदेशबाट पठाउने रेमिटेन्स रकम भने अत्याधिक बढेको छ । भदौ महिनासम्मममा १ खर्ब ५४ अर्ब रुपैयाँ रेमिटेन्सबाट भित्रिएको छ । अघिल्लो वर्षको दुई महिनाको तुलनामा रेमिटेन्समा ३३.४ प्रतिशतले बृद्धि हो ।

अमेरिकी डलरमा २२.३ प्रतिशतले रेमिटेन्सको बृद्धिदर भएको राष्ट्र बैंकले जनाएको छ ।

बढ्दो अमेरिकी डलरले रेमिटेन्स प्रवाह बढाएपनि व्यापारघाटा बढाएको छ । जसले शोधानान्तर घाटामा भने चालु खाता पनि खाटामा छ ।

राष्ट्र बैंकको तथ्यांक अनुसार भदौ महिनासम्ममा नेपालले वस्तु आयातको लागि २ खर्ब ३२ अर्ब रुपैयाँ बाहिरिएको छ । अघिल्लो वर्षको तुलनामा आयातमा ३८.५ प्रतिशतले बृद्धि हो । दुई महिनाको निर्यात भने १४ अर्ब ७० करोड मात्र छ ।