• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   दाङको राजपुर गाउँपालिका भरिबाट एसइईमा एकजना मात्रै उत्तीर्ण ★   नयाँ वाम विकल्प दिनेगरी पार्टीको नेतृत्व चयन हुन्छः घनश्याम भुषाल ★   सहमतिबाट नेतृत्व निर्माण हुन नसके निर्वाचनबाट हुन्छः झलनाथ खनाल ★   नेकपा एसको महाधिवेशन एकतावद्ध भएर सम्पन्न गर्ने संकल्प लिएका छौंः माधवकुमार नेपाल ★   नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त झा पक्राउ ★   लालीगुराँस सहकारीका प्रमुख सञ्चालक सुरेन्द्र भण्डारी पक्राउ ★   देशलाई धानमा मात्र होइन खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार लागिपरेको छः प्रधानमन्त्री ★   गुल्मी पहिरो अपडेटः एकै घरका पाँच जनाको मृत्यु ★   जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामाः प्रधानमन्त्री ★   खेती धान्ने महिला किसानलाई छैन प्रोत्साहन

हुम्लाकाे पीडाः चामल चाहियाे ? बैंक स्टेटमेन्ट देखाउनुस्



– दाने बोहरा

हुम्ला, १२ मङ्सिरः  हुम्ला सदरमुकाम सिमकोटमा कार्यरत सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीलाई चामल पाउनका लागि तलब खाएको बैंक स्टेटमेन्ट देखाउनुपर्ने बाध्यता छ ।

चामल पाउनका लागि यहाँका कर्मचारीले सिमिकोटस्थित राष्ट्रिय वाणिज्य बैंक र सिटिजन इन्टरनेशनल बैंकबाट तलब प्राप्त गरेको कागज र कार्यालयको हाजिरी रेकर्डलगायत कागजात पूरा गरेको हुनुपर्छ ।

ती कागजातका आधारमा हुम्लाका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाले १५ किलोग्राम चामल उपलब्ध गराउनका लागि सम्बन्धीत निकायमा तोक लागाउने गर्छ ।

प्रमुख जिल्ला अधिकारीको तोक लागेको कागजात प्राप्त भएपछि सम्बन्धीत कर्मचारीले १५ किलोग्राम चामल नेपाल खाद्य संस्थानको नजिकको शाखाबाट प्राप्त गर्ने गर्छ । उक्त परिमाणको चामल प्राप्त गर्नका लागि यहाँका कर्मचारीले कहिले हाजिरी फाइल त कहिले तलव पाएको बैंकको स्टेटमेन्टका लागि भौतारिने गरेका छन् ।

गएको भदौ महीनादेखि चामल नपाएका कर्मचारीले मङ्सिर ११ गतेदेखि वितरण गरिएको १५ किलोग्राम चामल प्राप्त गर्नका लागि विभिन्न समस्या झेल्नुपरेको कर्मचारीको गुणासो छ ।

चामलको बिक्री वितरणमा अनियमितता

हुम्लाको दक्षिण भेगस्थित नेपाल खाद्य संस्थान श्रीनगर शाखाले लामो समयपछि खाद्यान्न बिक्री वितरण गर्न लागेको छ ।

बिहीबारदेखि सर्वसाधारणलाई चामल बिक्री वितरण गरिने भनिए पनि त्योभन्दा अगाडि नै शाखाले २६४ बोरा चामल बिक्री गरिएको पाइएको छ ।

अदानचुली गाउँपालिकाका छ वटै वडालाई मङ्सिर १३ गतेदेखि चामल बिक्री वितरण गर्न लागेको श्रीनगर शाखा प्रमुख नवीनकुमार आचार्यले जानकारी दिनुभयो । शाखामा भदौदेखि चामल नपाएको उहाँले बताउनुभयो ।

श्रीनगर शाखामा आज बसेको सर्वदलीय सर्वपक्षीय बैठकले मङ्सिर १३ गतेदेखि चामल बिक्री वितरण गर्ने निर्णय गरेको शाखा प्रमुख आचार्यले बताउनुभयो । केही दिनअघिदेखि चामल आउन शुरु गरेको भएपनि विवाह व्रतबन्ध गर्ने भन्दै अदानचुली गाउँपालिकामा २६४ बोरा चामल अनियमित तरिकाले बिक्री वितरण गरिएको श्रीनगरका कालीबहादुर थापाले बताउनुभयो ।

चामल लिएकामध्ये अधिकांशले विवाह व्रतबन्ध नगरेको पाइएको पनि उहाँले बताउनुभयो । वडापालिकाको सिफारिशमा शाखाले अनियमित तरिकाबाट चामल वितरण गरेको स्थानीय राजनीतिक दलले जनाएको छ ।

चामल बिक्री वितरण गर्नुमा आफ्नो कुनै दोष नरहेको शाखा प्रमुख आचार्यको भनाइ छ । वडाध्यक्षको सिफारिशमा आफूले बिक्री वितरण गरेको उहाँले बताउनुभयो । आज दिउँसो बसेको सर्वदलीय बैठकमा चामल बिक्री वितरण गर्ने निर्णय नभएको हुँदा आवश्यकता हेरी सिफारिश दिएको वडाध्यक्ष कार्यालयले जनाएको छ ।

ठेकेदारको कमजोरीका कारण समयमा यहाँ चामल पुग्न नसकेको स्थानीयवासीको गुनासो छ । हुम्लामा चामल भित्रिएपछि यसको बिक्री वितरणमा राजनीतिसमेत हुने गरेकाले सर्वसाधारण सास्ती भोग्नुपरेको छ । हुम्लामा भित्रिएको चामलमा अनियमितता हुने गरेकाले यसको खोजीमा यहाँ बासिन्दा छिमेकी जिल्ला मुगु, बाजुरालगायतमा पुग्नुपर्ने बाध्यता छ । (रासस)