१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढी प्रभावितको उपचारका लागि काठमाडौँका ६ अस्पताल तयारी अवस्थामा डब्ल्युएचओद्वारा रसुवा बाढीपीडितका लागि स्वास्थ्य सामग्री पठाइँदै रसुवा बाढी प्रभावितको उद्धार र राहतमा तीव्रता दिने सरकारको निर्णय बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि नेपाल टेलिकमद्वारा निःशुल्क सेवा रसुवा बाढीपछि भन्सारका १४ कर्मचारी सम्पर्कविहीन, खोजी तथा उद्धार जारी भोटेकोशी बाढी : रसुवामा १२ जनाको उद्धार भोटेकोशी बाढी: त्रिशुली बजार र देवीघाट क्षेत्र प्रभावित- फोटो फिचर स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय, अस्पतालमा बेड तथा एम्बुलेन्स तयारी अवस्थामा विपद्को घडीमा सरकारलाई सघाउने विपक्षी दलको प्रतिबद्धता राष्ट्रपति पौडेलद्वारा भोटेकोशी बाढीप्रति दुःख व्यक्त, उद्धार र राहत तीव्र पार्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

भैँसीपालन कम हुँदा डेरी बन्द



अ+ अ-


जाजरकोट । भैँसीलाई खुवाउने घाँसको अभाव तथा चरिचरन क्षेत्र नहुँदा जाजरकोटमा भैँसीपालन व्यवसाय सङ्कटमा पर्न थालेको छ

लगानीअनुसारको प्रतिफल नहुने तथा दिनप्रतिदिन वनजङ्गल मासिँदै गएर चरन क्षेत्रको अभाव भएपछि पनि जिल्लाको तीन नगरपालिका र चार गाउँपालिकामा भैँसीपालन व्यवसाय पछिल्लो समयमा हराउँदै गएको छ । भैँसीका लागि चरन क्षेत्रको अभाव भएको कुशेगाउँपालिका–३ का भैँसीपालक कृषक डम्बर थापाको भनाइ छ । यातायात असुविधाले ग्रामीण भेगका किसानलाई दूध बेच्न समस्या छ । घ्यू बनाउँदा लगानीअनुसारको प्रतिफल नआउने किसान थापाको गुनासो थियो । “डेढ दशक अघि एक कृषकका घरमा १५ भन्दा बढी भैँसीपालेका हुन्थे, तर आजभोलि एक÷दुईवटा मात्र भैँसी पालेको देखिन्छ”, उहाँले भन्नुभयो ।

भैँसीपालनका लागि विशेष क्षेत्र मानिएको लहँ, डाँडागाउँ, ढिमे, पैक, खगेनकोट, सक्लालगायत साविकका गाविसमा भैँसीको सङ्ख्या घट्दै गएको छ । नयाँपुस्ताका युवा विदेश पलायन तथा अन्य पेसा व्यवसायमा लागेपछि यो पेशा सङ्कटमा परेको बारेकोट गाउँपालिका पशुपक्षी शाखाका प्रमुख गोविन्दबहादुर सिंहको भनाइ छ ।

भैँसीपालक कृषकलाई आकर्षित गर्ने गरी स्थानीय सरकारले पनि किसानका लागि विशेष कुनै कार्यक्रम ल्याउन नसकेको किसानको गुनासो छ । उन्नत जातको भैँसीपालनभन्दा पनि रैथाने जातका भैँसी पालन गर्दा किसानले गरेको मिहेनतअनुसारको प्रतिफल हात नपरेको पशु चिकित्सक बताउँछन् । रासस