४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

गिट्टी कुटेरै मनग्य आम्दानी

गिट्टी कुटेरै मनग्य आम्दानी
अ+ अ-

खोटाङ । “घरको काम गरेर बचेको समय सदुपयोग गर्दा पनि दैनिक हजार रुपैया कमाइ हुन्छ ।” उहाँले थप्नुभयो, “मेरो जेठा छोरा विदेशमा छ, उसले भन्दा बढी मैले कमाउने रहेछु ।”

पाँच वर्षदेखि गिट्टी कुट्दै आउनुभएकी खोटाङ खाल्लेकी ४७ वर्षीया पूर्णमाया बस्नेतको भनाइ हो यो । दिनभर गिट्टी कुट्नमै व्यस्त रहनुहुने खाल्लेकी पूर्णमायाको तीन छोरी र दुई छोरा छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ स्थित दिक्तेल–खानीडाँडा सडक आसपासमा गिट्टी कुटिरहेको भेटिनुहुने पूर्णमायाँलाई उहाँको ५१ वर्षीय श्रीमान टेकबहादुर खड्काले सघाउँदै आउनुभएको छ । खड्का दम्पतीले गिट्टी कुटेरै वार्षिक रु पाँच लाखसम्म कमाउने बताउनुहुन्छ ।

कमाएको पैसा छोराछोरीको पढाइ तथा माछा मासु खाएको खर्च कटाएर बचतसमेत गर्ने गर्दछन् । खड्का दम्पतीसँगै उक्त क्षेत्रमा ६०÷७० अन्य महिला दिनहुँ गिट्टी कुटिरहेका भेटिनुहुन्छ । सबैको कमाइ राम्रै हुने गरेको पाइएको छ । ओखलढुङ्गाकी निर्मण थापा दूधे बालक च्यापेर सोही ठाउँमा दिनहुँ गिट्टी कुट्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “ बच्चाको हेरचाह गर्दै काम गर्दा पनि दैनिक रु एक हजार कमाइ हुन्छ ।” कम्तीमा चार दिन गिट्टी कुट्दा एक ट्र्याक्टर तयार हुन्छ । एक ट्र्याक्टरलाई ठेकेदारले रु चार हजार दिन्छन् । आफ्नो जग्गामा खानी भएकाले ढुङ्गाको समेत दुई हजार जोडेर लिन्छन् ।

तयार भएको गिट्टी खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा खपत हुन्छ । दिक्तेल बजारमा धमाधम पक्की घर तथा सरकारी भवन निर्माण भइरहेकाले उनीहरुले तयार पारेको गिट्टीले राम्रो मूल्य पाएको छ ।

हेर्दा गिट्टी उत्पादन गर्ने उद्योगजस्तै देखिने उक्त क्षेत्रमा छिटफुटबाहेक अधिकांश सोही गाउँका महिलाले काम गर्ने गरेका छन् । दिनभर सरकारी कार्यालय तथा अन्य काममा व्यस्त रहने पुरुषले बिहान÷बेलुका उनीहरुका लागि खानीबाट ढुङ्गा निकाली दिने गरेका छन् ।

गिट्टी कुटेर कमाएको पैसा विशेषगरी छोराछोरीको पढाइमा लगानी गर्ने गरेको वडाध्यक्ष डिल्लीकुमार राईले बताउनुभयो । “गिट्टी कुट्ने अधिकांश महिलाको श्रीमान् विदेशमा छन् ।” उहाँले भन्नुभयो, “उनीहरुले कमाएको पैसा घर खर्च गर्छन् र श्रीमान्ले कमाएको पैसा बचत गर्छन् ।” गिट्टी कुट्ने महिला सबैको घर जस्ताले छाएको छ । कतिपयले अन्यत्र घरघडेरीसमेत जोडेको स्थानीयवासी बताउँछन् ।

गिट्टी कुट्ने महिला आफूले गरेको कामप्रति गर्व गर्छन् । उनीहरु लजाउँदैनन् । एक महिलाले भनिन्, “आफ्नो खाएर काम गर्नु के को लजाउनु १ आफू त सानैदेखि दुःख गरेको मान्छे । समयको सदुपयोग पनि हुने कमाइ पनि हुने ।” उनी थप्छिन्, “ अरुको चोर्नु, अरुलाई ढाट्न पो लजाउनु पर्छ ।”

धन कमाउन विदेश नै जानुपर्छ भन्ने सोच बनाएकाका लागि खाल्लेका ती महिला उदाहरणीय बनेका छन् । उनीहरुले बिना लगानी विदेशमा १२ घण्टा खट्ने कतिपय पुरुषले भन्दा बढी आम्दानी गर्दै आएका छन् । खाल्लेमा उत्पादन हुने गिट्टी अन्य ठाउँको भन्दा गुणस्तरीय भएकाले पनि अधिक मात्रामा खपत हुने गरेको प्राविधिको ठहर छ । मझुवागढीभन्दा केही तल्लो भागमा पर्ने खाल्लेमा ढुङ्गैढुङ्गा रहेको छ । रासस