४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

भूकम्पले ढलेका विद्यालय बने

भूकम्पले ढलेका विद्यालय बने
अ+ अ-

चरिकोट । दोलखामा २०७२ को भूकम्पले भवन ध्वस्त भई टहरामा अध्ययन गर्दै आएका पाँच विद्यालयका विद्यार्थीको पक्की भवनमा अध्ययन गर्ने सपना पूरा भएको छ ।

हिमाली जिल्ला दोलखाको गौरीशङ्कर गाउँपालिका–१ जङ्गुमा रहेको चार विद्यालय र वैत्येश्वर गाउँपालिका–८ यवोको एक विद्यालयमा सेभ द चिल्ड्रेनले पक्की भवन निर्माण गरी दिएसँगै बालबालिकाको सुरक्षित साथ पक्की भवनमा अध्ययन गर्ने सपना पूरा भएको हो । सेद द चिल्डे«न संस्थाको सहयोग र ग्रामीण विकास टुकी सङ्घ करोडौँको लागतमा विद्यार्थीको चापका आधारमा तीन विद्यालयमा आठकोठे र दुई विद्यालयमा चारकोठे पक्की भवन निर्माण गरी सेभ द चिल्ड्रेनका कन्ट्री डाइरेक्टर र प्रदेश सांसद विशाल खड्काको उपस्थितमा एक कार्यक्रमबीच समुदायलाई स्वामित्व हस्तान्तरण गरिएको छ ।

दोलखाको वैत्येश्वर–८ मा रहेको यवो आधारभूत विद्यालयमा रु एक करोड ३७ लाख ४९ हजार ४९ को लागतमा आठकोठे पक्की भवन निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ ।

त्यस्तै गौरीशङ्कर गााउँपालिका–१ को यार्सा आधारभूत विद्यालयमा रु एक करोड ३५ लाख १३ हजार ६२२ को लागतमा आठकोठे, नवकञ्चन आधारभूत विद्यालयमा एक करोड ३८ लाख ९८ हजार ९५३ को लागतमा आठ कोठाको पक्की भवन, मारिवन आधारभूत विद्यालयमा ९२ लाख ६० हजार ५३१ को लागतमा चारकोठे पक्की भवन र सोही वडाको चेत्पु आधारभूत विद्यालयमा ९८ लाख ३० हजार ४९ को लागतमा चारकोठे पक्की भवन निर्माण सम्पन्न भएको छ । विद्यालयलाई आवश्यक शौचालय, फर्निचरलगायत सामग्रीसमेत संस्थाले उपलब्ध गराएको छ ।

भवन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रदेश सांसद विशाल खड्काले सङ्घसंस्था पनि सरकारको विकासको सहयोगी भएको बताउनुहुँदै सरकारी विद्यालयमा पनी सुविधा सम्पन्न भवनसँगै शिक्षाको गुणस्तरमा वृद्धि गर्दै लैजानुपर्ने बताउनुभयो । सरकारको शिक्षामा ठूलो लगानी भए पनि सोचेअनुसारको गुणस्तर नभएकाले बालबालिकाको रुचिलाई ध्यानमा राखी अध्यापन गराउनका लागि आग्रह गर्नुभयो ।

दोलखाको उच्च भूभागमा पर्ने यी विद्यालयमा भूकम्पपश्चात् जस्ताको अस्थायी सिकाइ केन्द्रमा अध्ययन हुँदै आएको थियो । ग्रामीण विकास टुकी सङ्घको सहकार्यमा सेद द चिल्डे«नले भवन निर्माण गरी दिएसँगै विद्यार्थीहरु खुशीका साथ नयाँ भवनमा बसेर अध्ययन गर्न थालेका छन् । विद्यालयमा सुविधासम्पन्न भवन निर्माण भएसँगै विद्यार्थीको आकर्षणसमेत बढ्न थालेको नवकञ्चन आधारभूत विद्यालयका प्रधानध्यापक दिलबहादुर जिरेलले बताउनुभयो । भूकम्पका कारण विद्यालय ध्वस्त बनेकाले हालसम्म अस्थायी सिकाइ केन्द्रमा नै अध्ययन हुँदै आएको चिसोका कारण विद्यालय आउने बाबालिकाको सङ्ख्यामा समेत कमी हुँदै गएकामा पक्की भवन निर्माणसँगै विद्यालय आउने विद्यार्थीको सङ्ख्यामा समेत वृद्धि हुँदै गएको चेत्पु आधारभूत विद्यालयका शिक्षक टीका खड्काले बताउनुभयो । रासस