४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय

काँग्रेस महासमिति बैठकको चहलपहल – के के हुँदैछ काठमाडौँमा पाँच दिन ?

काँग्रेस महासमिति बैठकको चहलपहल – के के हुँदैछ काठमाडौँमा पाँच दिन ?
अ+ अ-


काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक आजबाट शुरु भएको छ । आज नै बिहानबाट नामदर्ताको काम शुरु भएको हो । बैठकको चहलपहल काठमाडौँमा निकै गर्मागर्मीका साथ शुरु भएको छ । महासमिति बैठकका लागि देशभरबाट काँग्रेस कार्यकर्ताहरु काठमाडौं आएका छन् । काठमाडौँ आएकाहरुलाई स्वागत र नाम दर्ताको कार्यक्रम शुक्रबार पार्टी कार्यालय सानेपामा राखिएको छ ।
तर महासमिति बैठकको उदघाटन भने भोलि बिहान ११ बजे हुने तय भएको छ । शनिबार ११ बजे रामशाहपथस्थित योगम्बर पार्टी प्यालेसमा उद्घाटन हुनेछ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले महासमिति बैठकको उदघाटन गर्नेछन् ।

उता बैठक थप एक दिन बढाइएको छ । यो बैठक पुस ३ गतेसम्म चल्ने बताइएको छ । एजेण्डाहरु बढेका र छलफलमा विचार राख्ने क्रम पनि नसकिने भएकोले यसको समय पनि एक दिन बढाइएको हो । महासमिति बैठकको मुख्य एजेण्डा पार्टीको विधान संशोधन हो । त्यसैले विधान के कस्तो बनाउने र त्यसका लागि पार्टी सभापतिबाट के कसरी कस्तो प्रस्ताव आउँछ भनेर यसलाई निकै ठूलो चासोका साथ हेरिएको छ ।
यस महासमिति बैठकलाई धेरै समय बन्दसत्रको लागि दिइएको छ । शनिबार बिहान उदघाटन कार्यक्रम सकिएलगत्तै नै बन्दसत्र शुरु हुनेछ । बन्दसत्रमा विधान मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्काले विधान संशोधनको प्रस्ताव प्रस्तुत गर्नेछन् ।

त्यस बैठकमा महामन्त्री डा. शशांक कोइरालाले सांगठनिक दस्तावेज र उपसभापति विमलेन्द्र नीधिले राजनीतिक दस्तावेज प्रस्तुत गर्नेछन् । त्यसैगरी सहमहामन्त्री डा. प्रकाशसरण महतले कांग्रेसको आर्थिक नीति र कोषाध्यक्ष सितादेवी यादवले आर्थिक प्रतिवेदन बैठकमा पेश गर्ने कार्यक्रम छ ।

सो बैठकमा देशभरका १ हजार ६ सय ६० जना सदस्य सहभागि हुनेछन् । २४० निर्वाचन क्षेत्रबाट पाँच जनाको दरले १ हजार २ सय जना तथा भ्रातृ एवं शुभेच्छुक संघसंस्था र जनसम्पर्क समितिबाट ९७÷९७ जना प्रतिनिधिहरु बैठकमा सहभागी हुनेछन् । हरेक दिन अपराह्न ४ बजे पत्रकार सम्मेलन गरी महासमिति बैठकमा भएका छलफलबारे मिडिया सेन्टरमार्फत् जानकारी दिइने नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकास शर्माले जानकारी दिए ।

यो बैठकले पार्टीको विधान संशोधन गर्नेछ । यसका लागि विभिन्न समूहरुहरु बनाएर समूहगत छलफल र सुझावको व्यवस्था मिलाइएको छ । यसपछिको अवस्थामा सहमति जुट्न सकेन भने नेताहरुले प्रजातान्त्रिक प्रक्रिया अपनाएर छलफल गर्नेछन् र विधान पारित गर्नेछन् । पार्टीको महाधिवेशपछिको सबैभन्दा शक्तिशाली अंग नै यो महासमिति भएकोले यसलाई व्यवस्थित रुपमा सञ्चालनको प्रबन्ध गरिएको छ । तर महासमिति बैठकभन्दा अघिको केन्द्रीय कार्यसमितिको बैठकमा नै नेताहरुबीच सहमित नभएर भनाभनको अवस्था आएको समाचार आइरहेकाले आसन्न बैठक पनि निकै तात्तातो हुने अनुमान गर्न सकिन्छ ।