४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

शहीद स्मारक ए डिभिजन फुटबल–पुलिसद्वारा फ्रेन्डस पराजित

शहीद स्मारक ए डिभिजन फुटबल–पुलिसद्वारा फ्रेन्डस पराजित
अ+ अ-

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले फेन्डस क्लबलाई पराजित गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा पुलिसले फ्रेन्डसलाई ५–० को फराकिलो गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।

पुलिसका लागि पहिलो गोल अभिषेक रिजालले गरे । उनले खेलको तेस्रो मिनेटमा नै रवि पासवान पासलाई सदुपयोग गर्दै गोल गरे । त्यस्तै खेलको पहिलो हाफको २०औँ मिनेटमा अर्का खेलाडी रवि पासवानले एक गोल थप्दै पुलिसको अग्रता दोब्बर बनाए । उनले हेम तामाङको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए ।

खेलको पहिलो हाफसम्म २–० गोलअन्तरले अगाडि रहेको पुलिसले दोस्रो हाफमा तीन गोल थप्यो । खेलको ५९आँै मिनेटमा कप्तान भरत शाहले गोल गर्दै पुलिसको अग्रता तेब्बर बनाए । उनले रवि पासवानको पासमा गोल गरेका थिए ।

त्यसैगरी खेलको ६३औँ मिनेटमा पुलिसका तेज तामाङले गोल गरे भने खेलको ८७औँ मिनेटमा नीरकुमार राईले एक गोल थपेपछि पुलिसले फ्रेण्डसमाथि ५–० को सहज जित हात पार्यो । जितसँगै आठ खेल खेलेको पुलिसले १४ अङ्क जोडेको छ भने समान खेल खेलेको फ्रेन्डसको पाँच अङ्क छ । रासस