५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नै छोराले गरे बाबुको हत्या, छोरा पक्राउ



अ+ अ-

काठमाडौँ । घरायसी विवादका कारण बिहीबार राति आफ्नै छोराले बाबुको हत्या गरेका छन्।

विराटनगर महानगरपालिका–१७ धुनिया बस्तीका २२ वर्षीय चुनु मण्डलले छुरा प्रहार गर्दा बुबा शशी मण्डलको मृत्यु भएको हो। उनले दाजुलाई समेत छुरा प्राहर गरि घाइते बनाएका हुन् ।

छुरा प्रहारबाट गम्भीर घाइते भएका शशीको उपचारका क्रममा विराटनगरस्थित नोबेल मेडिकल कलेजमा रातीनै करिब १० बजे मृत्यु भएको प्रहरी जनाएको छ।

मादक पदार्थ सेवन गरेका चुनुले दाजूभाईबीच भएको विवाद बढेपछि बाबुलाई छुरा प्राहर गरेको अनुसन्धानमा खुलेको प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए। घटना लगत्तै फरार भएका चुनुलाई प्रहरीले भारतको सीमा क्षेत्रबाट शुक्रबार बिहान पक्राउ गरि घटनाबारे थप अनुसन्धान गरिरहेको छ।