• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   आठ जना युवा शल्यचिकित्सकले गरे १०० जनामा ‘कृतिम हाडजोर्नी प्रत्यारोपण’ ★   मोदीले ‘ह्याट्रिक’ गर्ने लगभग निश्चित ★   डर्टमण्डलाई हराउँदै रियलले जित्यो च्याम्पियन्स लिगको उपाधि ★   ‘राष्ट्रनिर्माणमा दलित’ सार्वजनिक ★   नासाद्वारा सबैभन्दा टाढाको आकाशगङ्गा फेला परेको दावी ★   तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्छ: उपसभापति वाग्ले ★   टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसक्योः रोहित ★   अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छ: मन्त्री चौधरी ★   सिभिल सहकारीको सम्पत्ति हड्प्न सिभिल मलका मालिक लालकाजी र मिनाले मुद्दा हालेको पीडित बचतकर्ताहरुको आरोप ★   हमासको अन्त्य नभएसम्म गाजा युद्ध अन्त्य नहुने नेतान्याहुको दावी

काङ्ग्रेस केन्द्रीय समितिको बैठकमा हात हालाहाल भएको खुलासा



काठमाडौं । राष्ट्रियताको विषयमा कुरा गर्ने नेताहरूलाई विमलेन्द्र निधिले प्रतिगामी भनेपछि काङ्ग्रेस केन्द्रीय समितिको हिजोको बैठकमा हात हालाहाल भएको समाचार प्राप्त भएको छ।

हिन्दू धर्मावलम्वीहरूको भावनालाई प्रतिवेदनमा समेट्नु पर्छ भनेर नेताहरू डा. प्रकाशरण महत, महेश आचार्य, शङ्कर भण्डारी, चन्द्र भण्डारी, एनपी साउदले जोड दिएकाख थिए । निधि रिसाउँदै हिन्दूको कुरा गर्नेहरू सबै प्रतिगामी हुन भनेपछि रिसाएका नेताहरूले निधिको ‘कुवाक्य’फिर्ता लिन आग्रह गरेको र नमानेपछि चर्काचर्की परेको थियो।

निधिले तयार पारेको प्रतिवेदनमा राष्ट्रियता, राष्ट्रिय एकता र मौलिक धर्म संस्कृति प्रवर्धन गर्न प्रोत्साहित गर्ने कुनै कुरा नभएको भन्दै नेताहरूले प्रतिवेदनमा परिमार्जन गर्नुपर्ने धारणा प्रकट गरेका थिए। ८२ प्रतिशत हिन्दू धर्मालम्वी जनताको भावनालाई सम्मान र सम्बोधन गर्न एक शब्द खर्च नगरिएको, तर धर्मनिरपेक्षतालाई ‘महान उपलब्धि’ भन्दै त्यसको रक्षा र विकाश गर्ने मुख्य दायित्व काङ्ग्रेसको भएको भन्ने जस्ता शब्द प्रयोग गरेकोप्रति नेताहरूले गम्भीर आपत्ति जनाएका थिए।

त्यस क्रममा हात हालाहाल हुन लागेपछि सभापति शेरबहादुर देउवाले हिन्दू धर्मावलम्वीको भावनालाई सम्बोधन गर्नेगरी प्रतिवेदन संशोधन गर्ने भनेपछि निधिले देउवालाई पनि झम्टिएका थिए। निधिले पार्टीको इतिहासमा खुमबहादुर खड्का र चक्र बास्तोलाले पुऱ्याएको योगदानबारे उल्लेख गर्न नचाहेको र दुई स्वर्गीय नेताको नामसमेत प्रतिवेदनमा लेख्न नचाहेका थिए। यस विषयमा पनि नेताहरूको चर्काचर्की परेको थियो।