१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवागढी बाढीबारे छलफल गर्न एमाले सचिवालयको आकस्मिक बैठक भोटेकोशी बाढीः २६ प्रहरी सम्पर्कविहीन ओलीद्वारा उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहन एमाले कार्यकर्तालाई निर्देशन रसुवा बाढीपछि समाज कल्याण परिषद्को देशव्यापी आह्वान: उद्धार, राहत र पुनर्स्थापनामा जुट्न गैरसरकारी संघ–संस्थालाई आग्रह भोटेकोशी बाढीपीडितको उद्धार र राहतलाई पहिलो प्राथमिकता दिन सरकारसँग लिङ्देनको आग्रह लेन्दे खोला थुनिएकाले बाढी आएको अनुमान,भोटेकोसी–त्रिशूलीमा अझै जोखिम रसुवामा बाढी प्रभावितको उद्धार र राहत तीव्र, १२ जनाको उद्धार भोटेकोशी बाढीः क्षति न्यूनीकरणका लागि चिनियाँ समकक्षी सुरक्षा निकायसँग सशस्त्र प्रहरीको संवाद रसुवा बाढीमा मालवाहक सवारीसाधनसहित व्यवसायी र मजदुर सम्पर्कविहीन, उच्च सतर्कता अपनाउन ट्रक महासंघको आग्रह बाढी प्रभावित क्षेत्रका सांसदसँग प्रधानमन्त्री शाहको परामर्श
तपाईं के खोज्दै हुनुहुन्छ ?

चौथो हारसँगै पोखरा ईपीएलबाट बाहिरियो



अ+ अ-


काठमाडौं । पोखरा राइनोज एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपीएल) क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ ।चौथो खेलमा पनि काठमाडौं किंग्स इलाभेनसँग पाँच विकेटले पराजित भएसँगै पोखरा एक बाँकी छँदै बाहिरिएको हो ।

१६६ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको काठमाडौंले १९.२ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । केभिन ओब्रिनले उत्कृष्ट ब्याटिङ गर्दे ३५ बलमा चार चौका र तीन छक्का प्रहार गर्दै अविजित ५४ रन बनाए ।

त्यस्तै, काठमाडौंका कप्तान रोहन मुस्तफाले ३१ बलमा सात चौका प्रहार गरि ४० रन बनाए । बलिङतर्फ पोखराका लागि विक्रम सोबले दुई विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको पोखराले सुरुवात राम्रो गरे पनि मध्यम क्रममा ब्यट्सम्यान राम्रोसँग चल्न नसक्दा २० ओभरको क्षतिमा १६५ रन बनाएको थियो ।

पोखराका लागि रिचार्ड लेभीले ३८ रन बनाए । उनले २१ बलमा चार चौका र तीन छक्का प्रहार गरे । त्यस्तै, पोखराका लागि कप्तान कायल कोएट्जरले ३७ रन बनाए । उनले २५ बलमा ६ चौका प्रहार गरेका थिए । पाउल कौग्लिनले ३७ रन बनाउँदा विनोद भण्डारीले १७ रनको योगदान दिएका थिए । बलिङतर्फ काठमाडौंका केभिन ओब्रिन र विक्रम भुसालले समान २–२ विकेट लिएका थिए ।

यसअघि पोखराले आफ्नो पहिलो खेलमा भैरहवा ग्लाडिएटर्ससँग चार विकेटले पराजित भएको थियो । त्यस्तै, आफ्नो दोस्रो खेलमा ललितपुर प्याट्रिएटससँग आठ विकेटले पराजित भएको पोखरा तेस्रो खेलमा भने विराटनगर वारियर्ससँग सुपर ओभरमा पराजित भएको थियो ।