४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

सरकार निषेध र नियन्त्रणमा लाग्यो, काँग्रेस सशक्त हुनुको विकल्प छैन —सहमहामन्त्री डा.महत

सरकार निषेध र नियन्त्रणमा लाग्यो, काँग्रेस सशक्त हुनुको विकल्प छैन —सहमहामन्त्री डा.महत
अ+ अ-


काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरणम महतले सरकार निषेध र नियन्त्रणको राजनीतिमा लागेको र यसले देशमा अधिनायकवादको ठूलो खतराको संकेत गरेको भन्दै अब काँग्रेस एक भएर सशक्त रुपमा लाग्नुको विकल्प नरहेको बताएका छन् ।

नेपाली काँग्रेसको महासमिति बैठकको आजको उद्घाटन सत्रमा बोल्दै डा.महतले भने— सरकारले प्रेसलाई नियन्त्रण गर्ने, कर्मचारी बर्गलाई आफ्नो दबदबामा राख्ने र संवैधानिक अंगहरुमा दुई तिहाइको त्रास देखाएर अवैध नियन्त्रण गर्न खोजेको र यसले अधिनायकवादको ठूलो खतराको संकेत गरेको छ ।

कम्युनिष्टहरु सत्ता प्राप्तिका लागि मात्र राजनीति गर्ने र उनीहरुको नीति नै सत्ता बाहिर हुँदा सधैँ राष्टवादको कुरा गर्ने तर सत्तामा गएपछि भने लम्पसारवाद हो भन्दै तर उनीहरुले उल्टै काँग्रेसलाई लम्पसारवादी भन्ने गरेका उनको भनाई थियो ।

डा.महतले भने— काँग्रेसले नै देशमा माओवादीहरुलाई शान्ति प्रक्रियामा ल्यायो, उनीहरुकै संलग्तामा निर्वाचन गर्यो र आज यो लोकतान्त्रिक गणतन्त्रसम्मको यात्रा सम्भव भएको हो, तर अहिलेको कम्युनिष्ट सरकारले मानौँ कि सबै आफैले गरेजस्तोगरी देशमा अरु प्रजातान्त्रिक राजनीतिक शक्तिहरुलाई निषेधको राजनीति गरिरहेको छ ।

सहमहामन्त्री डा.महतले देउवा सरकार नभएको भए देशमा निर्वाचन हुने थिएन र निर्वाचनका लागि मधेशकेन्द्रित दलहरु निर्वाचनमा आउने नै थिएनन् भने ।

उनको भनाई थियो— देउवा सरकार नभएको भए त्यस्तो विषयम परिस्थितिमा न पाँच महिनाको बीचमा तीन तीन ओटा निर्वाचन सम्भव हुने थियो र नत देशमा संविधान नै जारी हुन सक्ने थियो । यो कुरा इतिहासले त बुझेको छ, अब काँग्रेसका सारा कार्यकर्ताहरुले देशव्यापी रुपमा पुर्याउनुपर्छ ।

डामहतले दुई तिहाइ बहुमतको सरकारले गएको नौ महिनामा देशलाई तहसनहस पारेको बताए । उनले कम्युनिष्ट सरकारले संवैधानिक निकायलाई आफ्नो अवैधानिक नियन्त्रणमा राख्ने प्रयत्न गरेको, प्रधानमन्त्रीले ५० अर्ब भन्दा माथिका आयोजनाहरु सीधै ठेक्का दिने तथा उनकै मातहतमा राजस्वजस्ता कार्यालयहरु रहने निर्णय गरेको, एउटा एनजिओको कार्यक्रमका लागि मुलुकका प्रधानमन्त्री राजधानीमै होटलमा बास बसेर लागेको दृष्टान्त पेश गर्दै भने— के अब पनि सरकारका यस्तै ज्यादतिहरु हेरेरै बस्ने हो कि काँग्रेस आफै एक भएर देशव्यापी रुपमा जनता जगाउन लाग्ने हो ?

उनले अब काँग्रेस एक भएर देशव्यापी रुपमा संगठन निर्माणका लागि लाग्नुको कुनै विकल्प नभएको धारणा राखे । उनले भने यो हतास हुने बेला होइन, प्रजातन्त्र र प्राप्त उपलब्धिको रक्षाका लाग जनता जगाउने र उनीहरुलाई साथ दिने बेला हो ।
उनले भने— कम्युनिष्टले त काँग्रेसलाई प्रमुख शत्रु भनेर घोषणा नै गरेका छन् तर हामीले उनीहरुलाई शत्रु होइन कि प्रतिश्पर्धी मात्र देख्छौँ किनभने हामी प्रजातन्त्रवाद हौँ कसैलाई शत्रु भनेर सम्बोधन गर्न चाहन्नौँ, तर दुःखको कुरा यो छकि हामीले त आफ्नै पार्टीभित्र नै एकले अर्काेलाई शत्रु देखेका छौँ ।

कम्युनिष्टहरुको तानाशाही राजले देशलाई आक्रान्त पारेर जनताले काँग्रेस खोजिरहेका बेला के हाम्रै व्यवहार व्यवहार यस्तो भयो भने जनतालाई भरोसा कस्ले दिन्छ ? के हामी आपसमा झगडा गरेर बस्ने बेला हो यो ?

डा.महतले अब काँग्रेसले प्रशिक्षण, प्रचार र संगठन निर्माणमार्फत देशव्यापी अभियान सञ्चालन गर्नुको विकल्प छैन भने । उनले जनता कम्युनिष्टको कामबिनाको प्रोपोगाण्डाले आजित भइसकेकोले अब जनताको घरमा काँग्रेस पुग्नुपर्ने धारणा राखे ।

आफू आर्थिक प्रतिवेदन निर्माणको क्रममा गाउँ गाउँमा जाँदा नेपाल जनताले अब काँग्रेस खोजिसकेको सन्देश पठाएका भन्दै अबको तीन वर्षमा स्थानीय र चार वर्षमा आमनिर्वाचन आएकोले अहिल्यैदेखि संगठन निर्माणमा काँग्रेस लाग्नुपर्छ, चुनाव आएको एक महिना अघि जनताको घरमा गएर हुदैन ।

उनले भने— मतको आधारमा अहिले पनि नेपाली जनताले हामीलाई नै पहिलो पार्टी बनाएका छन्, दुई कम्युनिष्ट मिलेकोले हामी भोटमा तल पर्यौँ भनेर हतास र निराश हुने कुरै छैन, अर्काे चुनाव आइहाल्छ त्यतिबेला हामीले नै बहुमत ल्याउँछौँ, त्यसैले काँग्रेस एक भएर लागौँ, आजैदेखि लागौँ ।

चार दिनसम्म चल्ने काँग्रेसको महासमिति बैठकको उद्घाटन आजै सभापति शेरबहादुर देउवाले गरेका हुन् । यस बैठकमा पार्टीको अबको आर्थिक नीतिसम्बन्धी प्रतिवेदन डा.महतले नै प्रस्तुत गर्नेछन् । त्यस्तै अरु पनि विभिन्न प्रतिवेदनहरु प्रस्तुत हुनेछन् । पार्टीको विधान पनि यसै बैठकमार्फत संशोधन हुनेछ ।