२१ मंसिर २०८२, आईतवार
,
Latest
१०२ वटा दल एक्लाएक्लै निर्वाचनमा जाने जेन–जी आन्दोलनका हिंसात्मक घटना इतिहासकै दुःखद्: पूर्वराष्ट्रपति भण्डारी घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्यमा अधिकारी र कटुवाल मनोनित ‘भेडा मरेर के भो मन मरेको छैन’ आम सञ्चारमाध्यम र न्यु मिडियालाई थप व्यवस्थित बनाउन जरुरीः मन्त्री खरेल एनपीएलः चार टोलीको नजर पहिलो ट्रफिमा, कसको पल्ला भारी ? पूर्वराष्ट्रपति भण्डारीद्वारा सिंहदरबारको अवलोकन–फोटोफिचर प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचारः पाँच पूर्वमन्त्रीसहितलाई मुद्दा चलाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तर कोरिया र अमेरिका चिसिदै सम्बन्ध, नाकाबन्दीप्रति उत्तर कोरियाको आपत्ति



अ+ अ-

उत्तर कोरियाले अमेरिकाद्धारा हालै जारी गरिएको नाकाबन्दीप्रति आपत्ति जनाएको छ । उत्तर कोरियाले अमेरिकाले गराएको सो नाकाबन्दीका कारण उत्तर कोरियामा निशस्त्रीकरणसम्बन्धी कार्यक्रमलाई सदाका लागि बन्द गर्नसक्ने भनी चेतावनी दिएको हो ।

अहिले उत्तर कोरियाले अमेरिकाले लगाएका नाकाबन्दीहरु तत्कालै नहटाउने हो भने निशस्त्रीकरणको प्रक्रिया पनि आरम्भ नहुने र आगामी दिनमा पनि यो प्रक्रियाले कहिल्यै पूर्णता नपाउने भनेको छ ।

अमेरिकाले गत हप्ता उत्तर कोरियाली तीन अधिकारीका विरुद्धमा मानवअधिकार हनन्को आरोप लगाएको छ । उनीहरुका विरुद्ध पनि अमेरिकाले नाकाबन्दी जारी गरेको छ । तीमध्येका एकजना चो योङ हाय उत्तर कोरियाली नेता किमका दाहिने हात मानिन्छन् ।

उत्तर कोरियाली सरकारको विज्ञप्तिको उद्धृतगर्दै यहाँको सरकारी समाचार समिति केसिएनएले भनेको छ– अमेरिकी राष्ट्रपति ट्रम्पले बारम्बार आफ्ना अभिव्यक्तिबाट उत्तर कोरियासँगको सम्बन्धमा सुधार ल्याउने चाहन्छन् तर पनि अमेरिकी विदेश मन्त्रालयले भने बारम्बार उत्तर कोरियाका विरुद्ध नाकाबन्दीका साथै सम्बन्धलाई गत वर्षकै अवस्थामा पु¥याउने खेल प्रदर्शन गरिरहेको छ ।

अहिले अमेरिकी विदेश मन्त्रालयले हरेक हप्ताजस्तो विज्ञप्ति प्रकाशन गरेर उत्तर कोरियाल पछिल्लो समयमा कपटपूर्ण काममा लागेको र उसले निशस्त्रीकरणको लागि प्रक्रियाको आरम्भ नै नगरेको बताउने गरेको छ ।

उता उत्तर कोरियाले भने आपूm सिंगापुर सम्झौताको पक्षमा इमान्दारिताका साथ लागि परेको तर त्यस सम्झौताबमोजिम अमेरिका भने नाकाबन्दी हटाउने पक्षमा नदेखिएको जनाएको छ । एजेन्सी